Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
चार सय विपन्न परिवारलाई खाट वितरण
आइतवार, माघ १४, २०८०
झापा, १४ माघ :झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ ले यहाँका विपन्न परिवारलाई खाट वितरण गरेको छ । शिवसताक्षी–४ ले यहाँका चार सय विपन्न परिवारलाई खाट वितरण गरेको हो । विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईँले बताउनुभयो । “वडामा अधिकांश विपन्न समुदायको बसोबास छ”, उहाँले भन्नुभयो, “घरमा खाट नहुनेलाई खाट वितरण गरेका हौँ ।”
शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको वडाध्यक्ष प्रसाईँले बताउनुभयो । खाट बनाउन प्रयोग भएका थप काठ र निर्माण खर्च विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएको उहाँले बताउनुभयो । वडा नं ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव, सन्थाल, कर्मचार, मिश्री, थारू, तेली, राजवंशी, ताजपुरियालगायत समुदायको घना बसोबास छ ।