आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सहिद नेत्र पार्कको मुहार फेरिँदै

आइतवार, माघ १४, २०८०

बिर्तामोड, १४ माघ । झापाको बिर्तामोड –७ मा अवस्थित सहिद नेत्र पार्क क्षेत्रमा श्रमदान गर्नेहरुको सहभागिता दैनिक बढ्दै गइरहेको छ । श्रमदान गर्न आउनेहरुले नियमित सरसफाईको काम गरिहरेका छन् ।

पार्क क्षेत्रमा श्रमदानबाट यतिवेला दैनिक सरसफाईको काम भइरहेको वडा नं. ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले जानकारी दिनुभयो । शनिवारसम्म आइपुग्दा श्रमदानको छैटौं दिन पुरा भइसकेको छ । छैटौं दिन नेत्र पार्कमा कोशी प्रदेशका सदस्य एकराज कार्की, नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, एमालेका बिर्तामोड अध्यक्ष सुवास भट्टराई, वडा नं. २ का अध्यक्ष किशोर पौडेल, कार्यापालिकाहरु सदस्यहरुसहितको टोली श्रमदान गर्न पुगेको थियो ।

वडाध्यक्ष खरेलका अनुसार शनिवार नै बिर्तामोड ७ को न्यू स्टार क्लव, रेखा टोल विकास संस्था, एन.वाई.सी क्लव लगायतको सहभागितामा श्रमदान भएको थियो । दुईभन्दा बढि जनसहभागितामा एकैदिन श्रमदान गर्ने काम सम्पन्न भएको छ । शनिवारको खाजाको व्यवस्थापन एमाले प्रदेश सदस्य गणेश पोखरेल, नगर सचिव शेखर कडेंल र वडा नं. ८ का एमालेका अध्यक्ष विष्णु भट्टराईले गर्नु भएको थियो ।

आजका लागि सोही वडाको कञ्चन स्कुल र बिर्तामोड २ को एकता स्पोटिङ क्लवले श्रमदान गर्ने बताइएको छ ।
श्रमदानको शुभारम्भ गरेदेखि दैनिक विभिन्न संघ संस्था, स्थानीय युवा क्लव, स्थानीयवासी र विभिन्न दलका नेता कार्यकर्ताहरु, स्वतन्त्र व्यक्तिहरु श्रमदान गर्न आइरहेका छन् । हालसम्म पार्क क्षेत्र, स्कुल क्षेत्र, पोखरी वरिपरिको भागमा सरसफाईको काम सकिएको छ भने प्रवेशद्वारा अगाडिका रुखहरुमा रंग गर्ने काम थालिएको छ ।

पानीको लागि ट्यूवेलको व्यवस्थापन मिलाइएको छ भने विद्युत लागि तत्कालै पहल गर्ने बताइएको छ । सोमवारदेखि प्रदेशद्वारबाट अगाडि पोखरीसम्म बाटोको भागमा ग्राभेल सुरु गरिदैछ ।

सरकारको दुई करोड बजेट खर्च भएको सहिद नेत्र पार्क क्षेत्र संरक्षण अभावमा वेवारिसे बनेको थियो । अहिले सोही पार्क वडा नं . ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा सरसफाईको काम चलिरहेको छ । दुवै संस्थाको अगुवाईमा पार्कलाई चाँडै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

पार्कमा सरसफाई अभियान थालनी गरेपछि स्थानीयवासी, सरोकारवालाको सकारात्मक सहयोग प्राप्त भइरहेको सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्रि प्याकुरेलले जानकारी दिनुभयो । उहाँले स्थानीय युवाहरुको श्रमदान अझ रचनात्मक भएको प्रतिक्रिया दिनुभयो ।
सुन्दर निचाझोडा सामुदायिक वनभित्र रहेको पार्कमा एक समय भुटानी शरणार्थीको शिविर थियो । गोलघाप शिविरको नामले परिचित यस स्थानमा भुटानीहरुले प्रयोग गरेका विद्यालय, आवास गृह, शौचालय, प्रतिक्षालय, पानी ट्याङ्कीलगायतका भौतिक संरचनाहरु अहिले जीर्ण अवस्थामा छन् ।

तत्कालिन अवस्थामा ४ हजार २ सय ९६ जना शरणार्थीहरु शिविरमा बसेका थिए । २०६७ सालमा शिविरमा आगलागीसमेत भएको थियो । त्यसबेला यहाँ रहेका ७८० छाप्रामध्ये ७०० भन्दा बढी जलेर नष्ट भएका थिए । हाल उनीहरु अमेरिका, अस्ट्रेलिया,क्यानडा, डेनमार्क लगायतका विभिन्न ८ वटा देशमा पुनर्वास भएका छन् ।
पार्क सरसफाईका क्रममा भुटानी शरणार्थीहरुले प्रयोग गरेका भौतिक संरचनाहरु भने जोगाइने भएको छ । हाल जीर्ण अवस्थामा रहेको भए पनि यी सबै पुराना संरचनाहरुलाई संग्राहलयको रुपमा संरक्षण

सम्बन्धित खबर