आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

सहिद नेत्र पार्कको मुहार फेरिँदै

आइतवार, माघ १४, २०८०

बिर्तामोड, १४ माघ । झापाको बिर्तामोड –७ मा अवस्थित सहिद नेत्र पार्क क्षेत्रमा श्रमदान गर्नेहरुको सहभागिता दैनिक बढ्दै गइरहेको छ । श्रमदान गर्न आउनेहरुले नियमित सरसफाईको काम गरिहरेका छन् ।

पार्क क्षेत्रमा श्रमदानबाट यतिवेला दैनिक सरसफाईको काम भइरहेको वडा नं. ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले जानकारी दिनुभयो । शनिवारसम्म आइपुग्दा श्रमदानको छैटौं दिन पुरा भइसकेको छ । छैटौं दिन नेत्र पार्कमा कोशी प्रदेशका सदस्य एकराज कार्की, नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, एमालेका बिर्तामोड अध्यक्ष सुवास भट्टराई, वडा नं. २ का अध्यक्ष किशोर पौडेल, कार्यापालिकाहरु सदस्यहरुसहितको टोली श्रमदान गर्न पुगेको थियो ।

वडाध्यक्ष खरेलका अनुसार शनिवार नै बिर्तामोड ७ को न्यू स्टार क्लव, रेखा टोल विकास संस्था, एन.वाई.सी क्लव लगायतको सहभागितामा श्रमदान भएको थियो । दुईभन्दा बढि जनसहभागितामा एकैदिन श्रमदान गर्ने काम सम्पन्न भएको छ । शनिवारको खाजाको व्यवस्थापन एमाले प्रदेश सदस्य गणेश पोखरेल, नगर सचिव शेखर कडेंल र वडा नं. ८ का एमालेका अध्यक्ष विष्णु भट्टराईले गर्नु भएको थियो ।

आजका लागि सोही वडाको कञ्चन स्कुल र बिर्तामोड २ को एकता स्पोटिङ क्लवले श्रमदान गर्ने बताइएको छ ।
श्रमदानको शुभारम्भ गरेदेखि दैनिक विभिन्न संघ संस्था, स्थानीय युवा क्लव, स्थानीयवासी र विभिन्न दलका नेता कार्यकर्ताहरु, स्वतन्त्र व्यक्तिहरु श्रमदान गर्न आइरहेका छन् । हालसम्म पार्क क्षेत्र, स्कुल क्षेत्र, पोखरी वरिपरिको भागमा सरसफाईको काम सकिएको छ भने प्रवेशद्वारा अगाडिका रुखहरुमा रंग गर्ने काम थालिएको छ ।

पानीको लागि ट्यूवेलको व्यवस्थापन मिलाइएको छ भने विद्युत लागि तत्कालै पहल गर्ने बताइएको छ । सोमवारदेखि प्रदेशद्वारबाट अगाडि पोखरीसम्म बाटोको भागमा ग्राभेल सुरु गरिदैछ ।

सरकारको दुई करोड बजेट खर्च भएको सहिद नेत्र पार्क क्षेत्र संरक्षण अभावमा वेवारिसे बनेको थियो । अहिले सोही पार्क वडा नं . ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा सरसफाईको काम चलिरहेको छ । दुवै संस्थाको अगुवाईमा पार्कलाई चाँडै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

पार्कमा सरसफाई अभियान थालनी गरेपछि स्थानीयवासी, सरोकारवालाको सकारात्मक सहयोग प्राप्त भइरहेको सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्रि प्याकुरेलले जानकारी दिनुभयो । उहाँले स्थानीय युवाहरुको श्रमदान अझ रचनात्मक भएको प्रतिक्रिया दिनुभयो ।
सुन्दर निचाझोडा सामुदायिक वनभित्र रहेको पार्कमा एक समय भुटानी शरणार्थीको शिविर थियो । गोलघाप शिविरको नामले परिचित यस स्थानमा भुटानीहरुले प्रयोग गरेका विद्यालय, आवास गृह, शौचालय, प्रतिक्षालय, पानी ट्याङ्कीलगायतका भौतिक संरचनाहरु अहिले जीर्ण अवस्थामा छन् ।

तत्कालिन अवस्थामा ४ हजार २ सय ९६ जना शरणार्थीहरु शिविरमा बसेका थिए । २०६७ सालमा शिविरमा आगलागीसमेत भएको थियो । त्यसबेला यहाँ रहेका ७८० छाप्रामध्ये ७०० भन्दा बढी जलेर नष्ट भएका थिए । हाल उनीहरु अमेरिका, अस्ट्रेलिया,क्यानडा, डेनमार्क लगायतका विभिन्न ८ वटा देशमा पुनर्वास भएका छन् ।
पार्क सरसफाईका क्रममा भुटानी शरणार्थीहरुले प्रयोग गरेका भौतिक संरचनाहरु भने जोगाइने भएको छ । हाल जीर्ण अवस्थामा रहेको भए पनि यी सबै पुराना संरचनाहरुलाई संग्राहलयको रुपमा संरक्षण

सम्बन्धित खबर