आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

माया पुलामी हत्याका अभियुक्त सार्वजनिक, हत्याको मुख्यकारण अवैध यौन सम्बन्ध

आइतवार, माघ १४, २०८०

बिर्तामोड, १४ माघ । झापाको बिर्तामोड नगरपालिका ५ की माया पुलामी मगरको हत्यामा सम्लग्न बिर्तामोड ८ का चन्द्र प्रसाद प्रसाई पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले आज पत्रकार सम्मेलन गरी प्रसाईलाई सार्वजनिक गरेको छ । बिबाह गर्न अस्वीकार गरेपछि प्रसाईले अर्जुनधारा ६ महानन्द चोक पश्चिम मगरको हत्या गरेका थिए ।आसामबाट ०७२ मा नेपाल फर्किएका प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका ब्यक्ती हुन् । छोरा बुहारीसग बिर्तामोड बस्दै आएकी मगरलाई प्रसाईले केही समयदेखि अवैध सम्बन्ध राखेको खुलेको छ ।

बिर्तामोडका डीएसपी सुरज कार्कीले निज प्रसाईलाई ७ सात दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
मादकपदार्थ सेवन गर्दै हिड्ने मगरले घटनास्थलमा आफुलाई झापड हानेपछी ढुङ्गाले हिर्काएर हत्या गरेको स्वीकार गरेका छन् ।

सम्बन्धित खबर