Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सुगम शान्ति टोल महिला समूहको सामाजिक कार्य, वृद्ध,वृद्धालाई मिष्ठान्न भोजनसहित न्यानो टोपी वितरण
आइतवार, माघ १४, २०८०
बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा रहेको सुगम शान्ति टोल महिला समूहले वृद्ध,वृद्धालाई मिष्ठान्न भोजनसहित न्यानो टोपी वितरण गरेको छ ।समूहले वडा नम्बर ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सन्चालित वृद्ध आश्रममा पुगेर आज (आइतबार) ४४ जना वृद्ध,वृद्धालाई मिष्ठान्न भोजनसहित न्यानो टोपी वितरण गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष तथा सुगम शान्ति टोल विकास समितिका अध्यक्ष सुवास भट्टराईले ज्येष्ठ नागरिकहरुलाई खादा लगाएर सम्मान गर्नु भयो ।
समूहको नयाँ कार्य समिति निर्माणको अवसरमा पहिलो काम वृद्ध,वृद्धालाई मिष्ठान्न भोजन तथा सम्मान कार्यक्रमको आयोजना गरीएको संस्थाकी अध्यक्ष विमला प्रधान बोहराले जानकारी दिनुभयो ।कार्यक्रममा प्रमुख अतिथि सुवास भट्टराई, समुहकी संस्थापक अध्यक्ष सीता दंगाल, सुगम शान्ति टोल विकास समितिका सचिव गोपाल लकान्द्री, परोपकार संस्थाका अध्यक्ष विक्रम मादेन, पत्रकार लिला अनमोल लगायतले विचार राख्नु भएको थियो ।
कार्यक्रममा कमल लुईटेल, यादव खतिवडा, यसोदा भट्टराई, डिल्ली कोइराला, देवेन्द्र प्रसाई, सुधा आचार्य, हिमा निरौला, गंगामाया कार्की, शिव वाग्ले लगायतको आतिथ्यता रहेको थियो ।समूहले आगामी दिनमा विभिन्न सामाजिक कार्यहरुलाई अगाडी बढाएर लैजाने सचिव चन्द्रा भट्टराईले जानकारी दिनुभयो ।