Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
रवि लामिछानेकाे सांसद पद खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट
बुधवार, मंसिर २८, २०७९
काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
लामिछानेको नागरिकता विवादको विषयलाई लिएर युवराज पौडेल (सफल) ले निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाउँदै आज बुधवार सर्वोच्चमा रिट दायर गर्नुभएको हो । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, सङ्घीय संसद् र जिल्ला प्रशासन कार्यालय काठमाण्डाैलाई विपक्षी बनाइएको छ । मुद्दाको किनारा नलाग्दासम्म उहाँलाई प्रतिनिधि सभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ ।
रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पार्टी सभापतिबाट समेत हटाउन माग गरिएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले बताउनुभयो । रिटमाथि सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको प्रवक्ता पौडेलले बताउनुभयाे ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि खारेज भएको नेपाली नागरिकता प्रयोग गरेर दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचितसमेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ ।