Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ
मङ्गलवार, माघ १६, २०८०
फिक्कल (इलाम), १६ माघ : श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
तामाखोला दोभानमा बस्दै आएका उनीहरुबीच शुक्रबार साँझ झैझगडा भएको थियो । झगडाका क्रममा बालध्वजको कुटपिटबाट गम्भीर घाइते भएकी हस्तकुमारीको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो । त्यसपछि श्रीमतीको शव लिएर माङसेबुङ आएका बालध्वजलाई प्रहरी चौकी इभाङको टोलीले घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।