Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
स्वतन्त्र व्यावसायिक प्यानलमा राप्रपा पनि जोडियो, पाँच दल मिलेर अघि बढ्ने सहमति
मङ्गलवार, माघ १६, २०८०
बिर्तामोड, १६ माघ : विर्तामोड उद्योग वाणिज्य संघको फागनु १४ गते हुने चुनावमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाका उद्योगी व्यवसायी एक भएर स्वतन्त्र व्यावसायिक प्यानल बनाई प्रतिष्पर्धामा उत्रने भएका छन् ।
आज विर्तामोडमा दलका नेताका साथ भेला भएका उधोगी व्यवसायीले अधिकतम सहमतिका साथ अघि बढ्न कार्यदल समेत गठन गरेका छन् ।
कार्यदलमा एमालेबाट देवराज कार्की र सुवास भट्टराई, माओवादी केन्द्रबाट कुवेर श्रेष्ठ अरुण र जेवी जवेगु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट फणिन्द्रराज न्यौपाने र अर्जुन उप्रेती, राप्रपाबाट वेदप्रकाश अग्रवाल र रञ्जु प्याकुरेल तथा जनता समाजवादी पार्टीबाट गौरिमान राई र अभिषेक राई रहनु भएको छ । र, कार्यदलको बैठकले चाँडै उम्मेद्वार चयन गर्ने समेत सहमति गरेको छ ।
स्रोतका अनुसार अध्यक्षमा अर्जुनकुमार मैनाली, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल, सचिवमा ओमप्रकाश श्रेष्ठ लगायतको उम्मेद्वारी रहने भएको छ ।
कार्यदलले राजनीतिक दल र स्वतन्त्र व्यवसायीहरुसँग समन्वय गरी अधिकतम् सहमतिका साथ विर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व निर्वाचित गराउन सहयोग गर्ने नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले जानकारी दिनुभयो ।