शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

स्वतन्त्र व्यावसायिक प्यानलमा राप्रपा पनि जोडियो, पाँच दल मिलेर अघि बढ्ने सहमति

मङ्गलवार, माघ १६, २०८०

बिर्तामोड, १६ माघ : विर्तामोड उद्योग वाणिज्य संघको फागनु १४ गते हुने चुनावमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाका उद्योगी व्यवसायी एक भएर स्वतन्त्र व्यावसायिक प्यानल बनाई प्रतिष्पर्धामा उत्रने भएका छन् ।
आज विर्तामोडमा दलका नेताका साथ भेला भएका उधोगी व्यवसायीले अधिकतम सहमतिका साथ अघि बढ्न कार्यदल समेत गठन गरेका छन् ।
कार्यदलमा एमालेबाट देवराज कार्की र सुवास भट्टराई, माओवादी केन्द्रबाट कुवेर श्रेष्ठ अरुण र जेवी जवेगु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट फणिन्द्रराज न्यौपाने र अर्जुन उप्रेती, राप्रपाबाट वेदप्रकाश अग्रवाल र रञ्जु प्याकुरेल तथा जनता समाजवादी पार्टीबाट गौरिमान राई र अभिषेक राई रहनु भएको छ । र, कार्यदलको बैठकले चाँडै उम्मेद्वार चयन गर्ने समेत सहमति गरेको छ ।

स्रोतका अनुसार अध्यक्षमा अर्जुनकुमार मैनाली, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल, सचिवमा ओमप्रकाश श्रेष्ठ लगायतको उम्मेद्वारी रहने भएको छ ।
कार्यदलले राजनीतिक दल र स्वतन्त्र व्यवसायीहरुसँग समन्वय गरी अधिकतम् सहमतिका साथ विर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व निर्वाचित गराउन सहयोग गर्ने नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले जानकारी दिनुभयो ।

सम्बन्धित खबर