Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताका लागि बिर्तामोडमा खेलाडी छनोट
बिहिवार, माघ १८, २०८०
बिर्तामोड, १८ माघ । झापाको बुद्धशान्तिमा वर्खा स्मृति प्रतिष्ठानले आयोजना गरेको अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताका लागि बिर्तामोडमा खेलाडी छनोट भएका छन् ।
फागुन २ गतेदेखि हुने उक्त प्रतियोगिताको लागि अतिरिक्त सहित १८ जना खेलाडी छनोट भएका हुन् । खेलाडीगरुलाई वडा खेलकूद समितिको सिफारिसको आधारमा छनोट प्रतियोगितामा सहभागी गराईएको थियो । बिर्तामोड नगर खेलकूद समितिको आयोजनामा
वडा नम्बर ७ स्थित युनाईटेड क्रिकेट एकाडेमीको मैदानमा भएको छनोट प्रतियोगिता भएको हो । छनोटमा जिल्ला क्रिकेट संघ झापाका सेलेक्टर जिवेश ओली रहनु भएको थियो ।
छनोट भएका खेलाडीहरुलाई १८ गतेदेखि २९ गतेसम्म नियमित प्रशिक्षण र त्यसपछि ५ दिन क्लोज क्याम्पमा राखिने खेल संयोजक विशाल अग्रवालले जानकारी दिनुभयो । प्रशिक्षणमा मुख्य प्रशिक्षक वडा नम्बर ३का हितेन्द्र श्रेष्ठ रहनु भएको छ ।
छनोट भएका खेलाडीहरुमा सिवान्स बजगाई, भिष्म राज गौतम, दिपु भुजेल, बिपिन कार्की, समिर कार्की, सुमित न्यौपाने, करण प्रधान, गौरव भट्टराई, रोहित राजबंशी, बिशाल आचार्य, आदर्श सरिया, विजय कार्की, विजयराम मोची, दिपसन भट्टराई, अभिषेक कुमार शर्मा रहेका छन् ।अतिरिक्त खेलाडीमा चिराग मैनाली, प्रज्वल मैनाली र विकेश शाह छनोट भएका छन् ।
प्रशिक्षणको समयमा अन्य पालिका तथा क्लबहरुसंग मैत्रीपूर्ण खेलहरु खेलाईने संयोजक अग्रवालले जानकारी दिनुभयो ।