Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
फिल्म ‘पठान’ का लागि कसले कति लिए पारिश्रमिक ?
बुधवार, मंसिर २८, २०७९
एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ का लागि उनीहरूले लिएको पारिश्रमिक सार्वजनिक भएको छ ।
यी तीनै मुख्य सेलिब्रेटीले फिल्मका लागि मोटो रकम लिएको खबर भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । दीपिकाले पठानका लागि १५ करोड र जोनले २० करोड भारतीय रुपैयाँ लिएका छन्, भने फिल्मका मुख्य कलाकार शाहरुखले १ सय करोड भारतीय रुपैयाँ लिएको खबर बाहिरिएको छ, उनको पारिश्रमिक अन्य दुई कलाकारको तुलनामा धेरै गुणाले बढी छ ।
फिल्मको निर्देशन भने सिद्धार्थ आनन्दले गरेका हुन् । उनले फिल्मका लागि ६ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् ।’पठान’मा सलमान खानको पनि स्पेशल क्यामियो रोल रहेको छ, तर, सञ्चार माध्यामका अनुसार सलमानले फिल्मको शुल्क लिन भने अस्वीकार गरेका छन् । फिल्ममा अभिनेत्री डिम्पल कपाडिया पनि महत्वपूर्ण भूमिकामा देखिएकी छिन् । फिल्ममा अभिनेत्री रिसर्च एन्ड एनालिसिस विंग अफिसरको भूमिकामा देखिनेछिन् । तर, उनको पारिश्रमिकबारे भने केही खुलाइएको छैन ।
फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज हुने भएको छ । ‘पठान’ बाहेक शाहरुख जूनमा ‘जवान’ र डिसेम्बरमा ‘डंकी’ फिल्ममा मुख्य भूमिकामा देखिने भएका छन् ।