सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

फिल्म ‘पठान’ का लागि कसले कति लिए पारिश्रमिक ?

बुधवार, मंसिर २८, २०७९

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ का लागि उनीहरूले लिएको पारिश्रमिक सार्वजनिक भएको छ ।

यी तीनै मुख्य सेलिब्रेटीले फिल्मका लागि मोटो रकम लिएको खबर भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । दीपिकाले पठानका लागि १५ करोड र जोनले २० करोड भारतीय रुपैयाँ लिएका छन्, भने फिल्मका मुख्य कलाकार शाहरुखले १ सय करोड भारतीय रुपैयाँ लिएको खबर बाहिरिएको छ, उनको पारिश्रमिक अन्य दुई कलाकारको तुलनामा धेरै गुणाले बढी छ ।

फिल्मको निर्देशन भने सिद्धार्थ आनन्दले गरेका हुन् । उनले फिल्मका लागि ६ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् ।’पठान’मा सलमान खानको पनि स्पेशल क्यामियो रोल रहेको छ, तर, सञ्चार माध्यामका अनुसार सलमानले फिल्मको शुल्क लिन भने अस्वीकार गरेका छन् । फिल्ममा अभिनेत्री डिम्पल कपाडिया पनि महत्वपूर्ण भूमिकामा देखिएकी छिन् । फिल्ममा अभिनेत्री रिसर्च एन्ड एनालिसिस विंग अफिसरको भूमिकामा देखिनेछिन् । तर, उनको पारिश्रमिकबारे भने केही खुलाइएको छैन ।

फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज हुने भएको छ । ‘पठान’ बाहेक शाहरुख जूनमा ‘जवान’ र डिसेम्बरमा ‘डंकी’ फिल्ममा मुख्य भूमिकामा देखिने भएका छन् ।

सम्बन्धित खबर