शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड ७ को वडा कार्यालय जाने सडक चौडा गरियो

शनिवार, माघ २०, २०८०

बिर्तामोड, २० माघ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय जाने सडक चौडा गरिएको छ । नव निर्मित वडा कार्यालय पुग्ने सडक साँघुरो र अव्यवस्थित भएकोले स्काभेटर लगाएर चौडा गरिएको हो ।

रेखा चोकबाट उत्तर करिब १ किलोमिटर सडकमा ग्राबेल लगाएर फराकिलो बनाएको वडाअध्यक्ष अबिरलकृष्ण खरेलले जानकारी दिनुभयो ।

सडकमा पुरानै नक्सा अनुसार चौडा बनाउने काम भएको हो । स्थानीयले यस अघि देखि नै अवरोध गर्दै आएको भएपनि वडाअध्यक्ष खरेलले विवादकै विच शनिबार स्काभेटर लगाएर सडक चौडा बनाउने काम गर्नु भएको हो ।

विकासको काममा बालेन शैलीमा लागेका वडाअध्यक्ष खरेलले वडाका सामाजिक कुनैपनि काममा अवरोध गर्न नहुने धारणा राख्नु भयो । विकासमा स्थानीय युवाहरुको साथ रहेको वडाअध्यक्ष खरेलको भनाई छ ।वडाअध्यक्ष खरेल अहिले सहिद नेत्र पार्क सरसफाईमा जुटिरहनु भएको छ । माघ ८ गते सोमबार देखि सुरु भएको पार्क सरसफाई अभियान जारी छ ।

सम्बन्धित खबर