Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भारतीय अभिनेता विवेक ओबरोय बुधबार नेपाल आउने
बुधवार, मंसिर २८, २०७९
काठमाडौं । भारतीय अभिनेता विवेक ओबरोय बुधबार नेपाल आउने भएका छन् ।
विवेक चर्चित भारतीय अभिनेता हुन् । उनले तेलगु, मलयालम, कन्नड लगायत थुप्रै फिल्महरुमा अभिनय गरेका छन् ।
एक साता नेपाल बस्ने गरेर उनी आज साँझ ६ बजे परिवारसहित नेपाल आउन लागेका हुन् । नेपाल बसाइको क्रममा उनले सगरमाथाको बेसक्याम्प, पोखरा र लुम्बिनीको भ्रमण गर्नेछन् । त्यसैगरी उनले पशुपति नाथको दर्शन पनि गर्नेछन् ।विवेकले केही अगाडि एक भिडियो सन्देश जारी गर्दै नेपाल भ्रमणबारे जानकारी दिएका थिए ।
विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । उनी नेपालमा पुनमको मिट एण्ड ग्रीट लगायत केही कार्यक्रममा पनि सहभागी हुनेछन् ।