सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

फिल्म ‘गुञ्जन’ को नयाँ पोष्टर सार्वजनिक

बुधवार, मंसिर २८, २०७९

काठमाडौं । आगामी पुस २९ गतेबाट प्रदर्शन हुन लागेकाे फिल्म ‘गुञ्जन’ को नयाँ पोष्टर सार्वजनिक भएको छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले फिल्मको प्रचारप्रसार समेत व्यापक रूपमा बढाएको हाे । सार्वजनिक पोष्टरमा अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।

अष्ट महर्जनको निर्देशन रहेको साेही फिल्ममा सारा र प्रितमको अलावा सरोज खनाल, हिउँवाला गौतम, कवीर खड्का, रोहन शाही, निरूता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा र अमेश न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेकाे छ ।

प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

सम्बन्धित खबर