Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
फिल्म ‘गुञ्जन’ को नयाँ पोष्टर सार्वजनिक
बुधवार, मंसिर २८, २०७९
काठमाडौं । आगामी पुस २९ गतेबाट प्रदर्शन हुन लागेकाे फिल्म ‘गुञ्जन’ को नयाँ पोष्टर सार्वजनिक भएको छ ।
प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले फिल्मको प्रचारप्रसार समेत व्यापक रूपमा बढाएको हाे । सार्वजनिक पोष्टरमा अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।
अष्ट महर्जनको निर्देशन रहेको साेही फिल्ममा सारा र प्रितमको अलावा सरोज खनाल, हिउँवाला गौतम, कवीर खड्का, रोहन शाही, निरूता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा र अमेश न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेकाे छ ।
प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।