Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा खेलकूद महोत्सवको आयोजना
बिहिवार, माघ २५, २०८०
बिर्तामोड, २५ माघ : बिर्तामोडमा खेलकूद महोत्सव आयोजना हुने भएको छ । नगर खेलकूद विकास समितिको आयोजनामा फागुनमा महोत्सव आयोजना गर्न लागिएको हो ।
खेलकूद क्षेत्रको विकास, प्रवर्धन र खेल व्यवस्थापनमा जुटिरहेको नगर खेलकूद समितिले महोत्सवको आयोजना गर्ने भएको हो ।
महोत्सवमा खेलकूदसंग सम्बन्धित वादविवाद तथा निवन्ध लेखन प्रतियोगिता, पोस्टर बनाउने, चित्रकला, योगा तथा व्यायाम, पुरातात्विक खेल, दौड, फुटवल, क्रिकेट, वास्केटवल, भलिवल, व्याडमिन्टन,स्नोकर लगायतका खेलहरु हुने नगर खेलकूद विकास समितिका संयोजक विकास गिरीले जानकारी दिनु भयो ।
प्रतियोगितामा विर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुमात्रै सहभागी हुन पाउने नगर खेलकूद विकास समितिका सचिव विसन लिम्बुले जानकारी दिनुभयो । कक्षा ८ देखि १२सम्मका विद्यार्थीले प्रतियोगितामा प्रतिश्पर्धा गर्ने छन् ।
महोत्सवमा शिक्षक, अभिभावक र कर्मचारीहरुका बीच केहि मैत्रीपूर्ण खेलहरु खेलाइने योजना रहेको नगर खेलकूद विकास समितिका सदस्य तथा महोत्सवका सह-संयोजक विशाल अग्रवालले जानकारी दिनुभयो । प्रतियोगिता व्यवस्थित बनाउन विषयगत विज्ञहरुसंग छलफल र तयारी भईरहेको आयोजकले जनाएको छ ।
महोत्सवलाई अझै व्यवस्थित बनाउन विद्यालय तथा केहि नीजि क्षेत्रको पनि सहयोग रहने जनाइएको छ ।
महोत्सव अन्तर्गतकै प्रश्न उत्तर कार्यक्रम भने सबै विद्यालयमा पुगेर यहि महिनाको अन्तिम देखि सुरु गर्ने आयोजकले जनाएको छ ।