आइतवार, वैशाख १६, २०८१
NayaPaper | अनलाइन पत्रिका

फैजाने मदिना तालिमुल कुरानमा झापाली समाज दक्षिण कोरियाको सहयोग

बिहिवार, माघ २५, २०८०

बिर्तामोड, २५ माघ । झापाली समाज दक्षिण कोरियाले बिर्तामोड ७ मा रहेको मदरसा फैजाने मदिना तालिमुल कुरानमा सहयोग सामाग्री प्रदान गरेको छ ।

वडाअध्यक्ष अविरल कृष्ण खरेलको प्रमुख आथित्यमा आज आयोजित एक कार्यक्रमका विच संस्थाले ५५ हजार रुपैंया बराबरको सहयोग सामाग्री प्रदान गरेको हो ।
मदरसामा अध्ययन गर्ने विद्यार्थीहरुको लागि आवश्यक डेस्क वेन्च हस्तान्तरण गरिएको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद चापागाईले जानकारी दिनुभयो ।

कोरोनाको समयमा झापाका विभिन्न स्थानमा सहयोग सामाग्री प्रदान गरेको र आगामी दिनमा समेत यस प्रकारका कार्यलाई अघि बढाएर लैजाने रेशम बुढाथोकीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष खरेलले दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

मदरसा व्यवस्थापन समितिका अध्यक्ष वासिब मियाको अध्यक्षतामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा धर्मगुरु मोहम्मद सोहेव अक्तर, झापाली समाज दक्षिण कोरिया, प्रकाश आचार्य, नविन वजगाई, लभ मैनाली, केशव चापागाई, युवराज चापागाई, रेशम बुढाथोकी, सामाजिक व्यक्ति केशब राज कार्की, लक्ष्मि प्रसाद खरेललगायत मदरसाका शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई ईसाक आलमले सन्चालन गर्नु भएको थियो । यस मदरसामा एक सय जना विद्यार्धी अध्ययनरत छन् ।

सम्बन्धित खबर