Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
इलाम मामाघर आएका ६ बर्षीय नर्बिक तामाङ बिहिबारबाट बेपत्ता
शुक्रवार, माघ २६, २०८०
बिर्तामोड, २६ माघ । इलामको रोङ गाउँपालिका–२ बाट ६ बर्षीय बालक बेपत्ता भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका–८ दुर्गा मार्ग घर भई मामाघर आएका ६ बर्षीय नर्बिक तामाङ बिहिबारबाट बेपत्ता भएका हुन् ।
विजय ग्लान तामाङ र शान्तकुमारी तामाङको छोरा नर्बिक इलामको रोङ–२ को दुधेस्थित मामाघर आएका थिए । काकाको छोरीको बिवाहमा सहभागी हुन् आफन्तसंग मामाघर आएका नर्बिक बिहिबार बेपत्ता भएका हुन् । उनी दिउँसो करिब १ बजेबाट बेपत्ता भएको आफन्तले जानकारी दिएका छन् । आफन्तका अनुसार उनी उक्त समयमा पसल जान्छु भनी घरबाट निक्लिएका थिए ।
बेपत्ता भएपछि परिवार, आफन्त र स्थानीयले खोजी गरिरहेपनि हालसम्म फेला पार्न नसकेको रोङ–२ का पूर्ववडाअध्यक्ष टेकबहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार शुक्रबार साँझसम्म आसपासका गाउँ र जंगल एरियामा खोजी गर्दा समेत उनी भेटीएका छैनन् ।
अन्दाजी ३ फिट ५ इन्च उचाईका उनको पातलो दुब्लो शरिर भएको र करिब १२ केजी तौल रहेको परिवाले जनाएको छ । बेपत्ता भएको समयमा उनले कालो रङ्गको ट्रयाक र सुन्तले रङ्गको जम्पर लगाएको बताइएको छ ।
बेपत्ता भएका ६ बर्षीय बालक नर्बिक तामाङ
उनको खोजी कार्यमा सहयोग गरिदिन परिवार र आफन्तले आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कर्यालय इलामले फोन नम्बर १०० , ९८५२६९००३०, ९८५२६८०७१० वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई दिन आग्रह गरेको छ ।