शनिवार, वैशाख १५, २०८१
NayaPaper | अनलाइन पत्रिका

इलाम मामाघर आएका ६ बर्षीय नर्बिक तामाङ बिहिबारबाट बेपत्ता

शुक्रवार, माघ २६, २०८०

बिर्तामोड, २६ माघ । इलामको रोङ गाउँपालिका–२ बाट ६ बर्षीय बालक बेपत्ता भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका–८ दुर्गा मार्ग घर भई मामाघर आएका ६ बर्षीय नर्बिक तामाङ बिहिबारबाट बेपत्ता भएका हुन् ।

विजय ग्लान तामाङ र शान्तकुमारी तामाङको छोरा नर्बिक इलामको रोङ–२ को दुधेस्थित मामाघर आएका थिए । काकाको छोरीको बिवाहमा सहभागी हुन् आफन्तसंग मामाघर आएका नर्बिक बिहिबार बेपत्ता भएका हुन् । उनी दिउँसो करिब १ बजेबाट बेपत्ता भएको आफन्तले जानकारी दिएका छन् । आफन्तका अनुसार उनी उक्त समयमा पसल जान्छु भनी घरबाट निक्लिएका थिए ।

बेपत्ता भएपछि परिवार, आफन्त र स्थानीयले खोजी गरिरहेपनि हालसम्म फेला पार्न नसकेको रोङ–२ का पूर्ववडाअध्यक्ष टेकबहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार शुक्रबार साँझसम्म आसपासका गाउँ र जंगल एरियामा खोजी गर्दा समेत उनी भेटीएका छैनन् ।

अन्दाजी ३ फिट ५ इन्च उचाईका उनको पातलो दुब्लो शरिर भएको र करिब १२ केजी तौल रहेको परिवाले जनाएको छ । बेपत्ता भएको समयमा उनले कालो रङ्गको ट्रयाक र सुन्तले रङ्गको जम्पर लगाएको बताइएको छ ।

बेपत्ता भएका ६ बर्षीय बालक नर्बिक तामाङ
उनको खोजी कार्यमा सहयोग गरिदिन परिवार र आफन्तले आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कर्यालय इलामले फोन नम्बर १०० , ९८५२६९००३०, ९८५२६८०७१० वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई दिन आग्रह गरेको छ ।

सम्बन्धित खबर