Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयद्वारा एक विद्यार्थीको अभिभावकत्व ग्रहण
शनिवार, माघ २७, २०८०
बिर्तामोड, २७ माघ । झापाको बिर्तामोड नगरपालिका ४ मा रहेको कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।
अर्जुनधारा नगरपालिका १ को साधुटारमा रहेको शङ्कराचार्यपीठ वेदवेदाङ्ग संस्कृत पाठशालाले सुरु गरेको 'एक विद्यार्थी एक अभिभावक' अभियानमा जोडिएर कञ्चनजङ्गाले अभिभावकत्व ग्रहण गरेको विद्यालयका संस्थापक गुरुभक्त न्यौपानेले जानकारी दिनुभयो ।
शुक्रबार विद्यालयको १६ औं वार्षिक उत्सव समारोहको अवसर पारेर कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले १ लाख ५१ हजार १ सय ११ रुपैयाँको चेक शंकराचार्य पीठका अध्यक्ष व्यासाचार्य लक्ष्मी प्रसाद खतिवडालाई हस्तान्तरण गर्नु भएको हो ।गुरुकुलको दीर्घकालीन व्यवस्थापनका लागि यो अभियान अघि बढाईएको खतिवडाले जानकारी दिनुभयो । अभियानमा हालसम्म १३ जना जोडिएका छन् । जोडिनेहरुमा लक्ष्मी प्रसाद खतिवडा साधुटार, महावीर अग्रवाल मेचीनगर, पण्डित कुबेर सुवेदी दमक, इश्वरकृष्ण महाराज, काठमाडौं, बम बहादुर खतिवडा बिर्तामोड, नेत्र प्रसाद पौडेल बिर्तामोड, राजेन्द्र पौडेल दमक, राजु भट्टराई पाँचथर, मोहन ढकाल बिर्तामोड, प्रेम प्रसाद प्रसाईं बिर्तामोड, बालमञ्जरी कोइराला भद्रपुर, विनादेवी गोदार थापा बिर्तामोड र गुरुभक्त न्यौपाने कञ्चनजङ्घा अंग्रेजी माध्यमिक विद्यालय बिर्तामोड रहेका छन् ।
गुरुकुलमा हाल ८५ जना विद्यार्थी छन् । कम्तिमा १ सय जना अभिभावक बनाउने उदेश्यले यो अभियान ३ महिना अघि देखि सुरु गरिएको हो ।