सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड नगरपालिका : २ वटा विधेयक सहित विभिन्न प्रस्ताव पास गर्दै नगरसभा सम्पन्न

सोमवार, माघ २९, २०८०

बिर्तामोड, २८ माघ । बिर्तामोड नगरपालिकाले दोस्रो नगरसभाको चौंथो अधिवेशनबाट २ वटा विधेयक सहित विभिन्न प्रस्ताव पास गरेको छ ।
आइतबार वडा नम्बर ७ स्थित शहिद नेत्र पार्कमा आयोजित नगरसभामा २ वटा विधेयक सहित ७ वटा प्रस्ताव पास गरेको हो ।पास भएका विधेयकहरुमा फोहोरमैला व्यवस्थापन विधेयक २०८० र आर्थिक ऐन २०८० दोस्रो संसोधन गर्ने विधेयक २०८० रहेका छन् । यो विधेयक विधायक समिति संयोजक शर्मिला राजवंशीले सभामा पेस गर्नु भएको थियो ।यस्तै नगर सभाको सभाध्यक्ष नगर प्रमुख पवित्रा महतारा प्रसाईले पेस गर्नु भएका ४ वटा र नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पेश गर्नु भएका ३ वटा प्रस्ताव सर्वसम्मत पास भएका छन् ।

नगर प्रमुख प्रसाईले पेश गर्नु भएको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ अनुसार सुशासन समिति र विधायन समिति गठन गर्ने, नगर भित्रका सडकहरुमा प्रयोग गरिने पेवर्स ब्लकको गुणस्तरीयता कायम गर्न नेपाल गुणस्तर चिन्ह NS प्राप्त पेवर्स ब्लक मात्र प्रयोग गर्ने, नगरपालिका क्षेत्रभित्र विगतमा पेवर्स जडान गरी निर्माण गरिएका १सय मिटर भन्दा कमका अधुरा सडकहरुलाई सम्बन्धित वडाको आगामी वर्षको सिलिङबाट ५० प्रतिशत र नगरपालिकाबाट ५० प्रतिशत लागत व्यहोर्ने र डिपिआर पास भएर प्रक्रियाको चरणमा रहेको देवीहाट बुधबारे बजारमा बहुतले पार्किङ सहितको देबी कम्प्लेक्स निर्माणका लागि नगर विकास कोषमा ऋण र अनुदान माग गर्ने प्रस्ताव पास भएको हो ।यस्तै उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पेश गर्नु भएकोआ.ब ०८०/८१ का लागि स्वीकृत योजना तथा कार्यक्रममा केही संशोधन तथा रकमान्तर गर्ने, बिभिन्न मितिमा कार्यपालिका तथा नगर प्रमुखबाट निर्णय भई कार्यान्वयन भएका र उल्लेखित योजना तथा कार्यक्रम अनुमोदन गर्ने र स्वीकृत बजेट अनुसार लक्षित वर्गमा बिनियोजित बजेटबाट सञ्चालन गरिने योजना तथा कार्यक्रम स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव पास भएको हो । प्रस्तावहरु माथि छलफलका क्रममा वडा सदस्यहरु टेकबहादुर अधिकारी, ओमभक्त सेडाई, अग्निप्रसाद सिटौला र हेमलता विश्वकर्माले सुझाव राख्नु भएको थियो ।

नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सभामा अर्धवार्षिक समिक्षासंगै पौष मसान्तसम्मको आम्दानी र खर्च पेश गर्नु भयो । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, राजश्व बाँडफाँड आन्तरिक स्रोत (समेत), घरजग्गा रजिष्ट्रेशन (मालपोत) गरि जम्मा ५४ करोड, १२ लाख ७२ हजार ८ सय ६ रुपैयाँ ४५ पेसा आम्दानी भएको छ । यस्तै चालु र पुँजीगत खर्च गरि कुल ३५ करोड ३८ लाख ७२ हजार ६ सय ८३ रुपैयाँ २९ पैसा खर्च भएको जनाईएको छ ।कोशी प्रदेश सभा सदस्य पूर्व भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा आयोजित नगरसभामा प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा, जिल्ला समन्वय समिति उप प्रमुख शान्ता रोक्काको आतिथ्य रहेको थियो ।

सम्बन्धित खबर