आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगरपालिका : उत्कृष्ठ कर्मचारी सहित जग्गा दातालाई सम्मान,डिल्ली दाहालको विदाई

सोमवार, माघ २९, २०८०

बिर्तामोड, २८ माघ । बिर्तामोड नगरपालिकाले उत्कृष्ठ कर्मचारी सहित जग्गा दातालाई सम्मान गरेको छ ।

आईतबार वडा नम्बर ७ स्थित शहिद नेत्रपार्कमा आयोजित नगरपालिकाको दोस्रो नगरसभाको चौंथो अधिवेशनका अवसरमा उत्कृष्ठ कर्मचारी तथा जग्गा दातालाई सम्मान गरेको हो ।उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित हुने शिक्षा शाखाका अधिकृत दिनेश प्रसाद आचार्य, वडा नम्बर ९का वडासचिव सुवास कुमार वि.क र बिर्तामोड नगरअस्पतालकी सिनियर अनमी ओमकुमारी गुरुङलाई २५ हजार रुपैंया नगद सहित सम्मान गरिएको हो ।

नगरपालिकाले वडा नम्बर १० मा आधारभूत स्वास्थ्य केन्द्र तेलगानीलाई स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दिने जग्गादाता श्रीप्रसाद शिवाकोटी दम्पतीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मानित हुनेहरुलाई प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा, जिल्ला समन्वय समिति उप प्रमुख शान्ता रोक्का, नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले अबिरसहित दोसल्ला औढाएर सम्मान पत्र प्रदान गर्नु भयो ।

सोहि कार्यक्रमका विच सरकारी सेवा निवृत हुनु भएका बिर्तामोड नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख (अधिकृत स्तर छैटौं) डिल्ली दाहाललाई विदाई गरिएको छ । भद्रपुर नगरपालिका १० निवासी दाहालले २०४४ साल मंसिर १४ गतेदेखि सरकारी सेवामा प्रवेश गर्नु भएको थियो । नगर प्रमुख प्रसाई र वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले अधिकृत दाहालले बिर्तामोड नगरपालिकामा रहँदा गरेका कार्यहरुको उच्च प्रशंसा गर्नु भयो ।

विदाई हुनु भएका दाहाललाई कार्यक्रमका अतिथि, नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतले बिदाई पत्रसहित दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्नु भएको थियो ।

 

सम्बन्धित खबर