Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
ओमसाई पाथीभरा हस्पिटलका सेक्युरिटी गार्ड इन्चार्जको डियुटी गर्दागर्दै मृत्यु
सोमवार, माघ २९, २०८०
भद्रपुर, २९ माघ । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा डियुटी गर्दागर्दै सेक्युरिटी गार्ड इन्चार्जको मृत्यु भएको छ । भद्रपुर नगरपालिका- ६ निवासी कुमार बोगटीको मृत्यु भएको हो । उनको आज बिहान ५:१५ बजे हृदयाघातको कारण मृत्यु भएको हस्पिटलले जनाएको छ । हस्पिटलको आकस्मिक कक्ष नजिकैको मूल गेटमा डियुटीमा रहेका बेला बोगटीलाई हृदयाघात भएको थियो ।
उनलाई उपचारका लागि आकस्मिक कक्ष पुर्याउन नपाउँदै मृत्यु भएको जनाइएको छ । उनी हस्पिटलमा १४ वर्ष देखि सेक्युरिटी इन्चार्ज पदमा कार्यरत थिए । हस्पिटलले कर्तव्य निष्ठ र मिलनसार कर्मचारी गुमाएको जनाएको छ । उनको श्रीमती र दुई छोरी रहेका छन् ।