आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिराटपोखरमा ताप्लेजुङ्गका संजय माबो मृत अवस्थामा फेला

सोमवार, माघ २९, २०८०

बिर्तामोड, २९ माघ । झापाको बिर्तामोड -१० पश्चिम बिराटपोखरमा एक युवकको शव फेला परेको छ । पश्चिम बिराटपोखर स्थित पुरानो निर्माणाधिन घर छेउ नजिकै टहरोभित्र उक्त शव आज बिहान स्थानीयले देखेका थिए ।

शव सिरिजङ्गा ताप्लेजुङ्गका ३० वर्षीय संजय माबो रहेको बुझिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको इप्रका अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर