आइतवार, वैशाख १६, २०८१
NayaPaper | अनलाइन पत्रिका

इरानको पाइपलाइन ग्यास आपूर्तिमा अवरोध

बुधवार, फागुन २, २०८०

'आतङ्कवाद र तोडफोड’ कार्यमा बुधबार बिहान इरानको तीन प्रान्तमा ग्यास आपूर्ति गर्ने ग्यास पाइपलाइनहरूमा दुई वटा विस्फोट भएको सरकारी मिडियाले बताएको छ ।

“आतङ्कवाद र तोडफोडको यो कार्य राति करिब एक बजे दुई स्थानमा गरिएको थियो”, नेसनल इरानी ग्यास कम्पनीका प्रबन्धक सइद अघलीले ऊर्जा मन्त्रालयको आधिकारिक साना समाचार एजेन्सीलाई भन्नुभयो । उहाँले तोडफोड गर्नेले दक्षिणपश्चिमी प्रान्त चाहरमहल र बख्तियारीको बोरुजेन सहर तथा फार्सको दक्षिणी प्रान्त सफसहरमा पाइपलाइनलाई निशाना बनाएको बताउनुभयो । अघलीले विस्फोट र त्यसपछि लागेको आगोमा कोही हताहत नभएको जानकारी दिनुभयो ।

तोडफोडबाट कम्तीमा तीन प्रान्त उत्तरपूर्वमा उत्तरी खुरासान, पश्चिममा लोरेस्तान र उत्तरपश्चिममा जान्जनमा ग्यास आपूर्तिमा अवरोध भएको सरकारी मिडियाले बताएको छ । अघलीका अनुसार ग्यास कम्पनीले ग्यास लाइनहरूको व्यवस्था परिवर्तन गरेर ‘नेटवर्कको स्थिति स्थिर’ गरेको बताउनुभयो ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीले पछि बुधबार दुवै स्थानमा आगो नियन्त्रणमा लिइएको र मर्मतको काम भइरहेको बताएको छ । कुनै पनि समूहले आक्रमणको जिम्मेबारी लिएको छैन र इरानी अधिकारीहरूले तत्काल कसैलाई आरोप लगाएका छैनन् ।

इरानले सामान्यतया विगतमा यस्तै प्रकारको तोडफोडका कार्यमा आफ्नो कट्टर दुश्मन इजराइलका एजेन्ट हरूलाई दोषी ठहर्याउँथ्यो । तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ । दुवै देशका सरकार लामो समयदेखि हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेका छन् ।

सम्बन्धित खबर