आइतवार, वैशाख १६, २०८१
NayaPaper | अनलाइन पत्रिका

तक्षशिला अंग्रेजी स्कुलमा अन्तराष्ट्रियस्तरको मन्टेश्वरी कक्षा सञ्चालन

शनिवार, फागुन ५, २०८०

बिर्तामोड, ०५ फागुन : झापाको बिर्तामोडमा रहेको तक्षशिला अंग्रेजी स्कुलले अन्तराष्ट्रियस्तरको मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको छ । शनिवार आयोजित एक कार्यक्रमका बीच तक्षशिलाले अन्तराष्ट्रिय मापदण्ड अनुसारको मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको हो ।

कक्षा १ देखि १० सम्म क्याम्ब्रिज मापदण्ड अनुसार कक्षा सञ्चालन गरिरहेको तक्षशिलाले मन्टेश्वरीमा स्वीडेनको फ्रेन्चाईज भित्राएको छ । लिटल आइस्टाइन मापदण्ड अनुसार मन्टेश्वरी कक्षा सञ्चालन हुने विद्यालयका निर्देशक प्रमिश गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार तक्षशिलाले विश्वप्रशिद्ध क्याब्रिज र लिटल आइस्टाइन मापदण्डमा कक्षा सञ्चालन गर्ने छ ।उक्त मापदण्ड प्राप्त गरेको तक्षशिलाले रोवटिक, एआई, कोडिङ जस्ता अतिरिक्त क्रियाकलापहरु समावेश गरेर पठन पाठन गर्नेछ । ६ वटा कोठामा १०० विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको मन्टेश्वरीमा सरस्वती पुजाकै दिन ५० जना विद्यार्थी भर्ना गरिएको थियो । मासिक ४५ सय देखि ५ हजार शुल्क लाग्ने विद्यालयमा बसभाडा र खानपानको अतिरिक्त शुल्क लाग्ने बताइएको छ । बसभाडा र खानपानलाई अनिवार्य गरिएको छैन ।तक्षशिलामा हाल ६ सय विद्यार्थी अध्ययनरत रहेको प्रवन्ध निर्देशक डा.अञ्जली कार्कीले जानकारी दिनुभयो। उहाँले पूर्व नेपालमा तक्षशिलाले विश्वस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो। पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा अगाडि रहेको तक्षशिलाले आज एक दिवसीय शैक्षिक महोत्सव सम्पन्न गरेको छ ।तक्षशिला शैक्षिक महोत्सव– २०८० आयोजना गरेर विद्यार्थीहरुलाई खेलकुदसँगै मनोरञ्जन प्रदान गरिएको छ । खानपान, संस्कार संस्कृति, खेलकुद र अवलोकनका लागि ५० वटा स्टल राखिएको थियो । शैक्षिक महोत्सवको उद्घाटन प्राडा.उमेश कुमार शर्माले गरेका थिए । महोत्सवमा डा.रोशन राठी, डा.बसन्त जोशी, भिक्टर जोसेफ लगायतको उपस्थिति रहेको थियो । शैक्षिक महोत्सवमा विद्यार्थीहरुसँगै अभिभावकहरुले अवलोकन गरेका छन् ।

सम्बन्धित खबर