आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

व्यावसायीको हकहितका लागि स्वतन्त्र व्यावसायिक प्यानललाई निर्वाचित गराउँ : राजकुमार पोखरेल

आइतवार, फागुन ६, २०८०

बिर्तामोड । झापा बिर्तामोडका अग्रज व्यक्तित्व एवम् राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेलले व्यावसायीको हकहित र व्यवसायको स्थायित्वका लागि स्वतन्त्र व्यावसायिक प्यानललाई निर्वाचित गराउन आग्रह गरेका छन् । उनले परिवर्तनका लागि स्वतन्त्र प्यानल निर्वाचनको मैदानमा आएको बताए ।

फागुन १४ गते हुन गइरहेको बिर्तामोड वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यावसायिक प्यानलको जीत अनिवार्य भएको उनको भनाई छ । पाखरेलले प्यानलमा आवद्ध सबै उम्मेवारको जीत हुनुपर्ने बताए । प्यानलमा केहि मान्छे मात्रै जितियो भने संघ चलाउन फेरि समस्या आइपर्छ, उनले भने – बिर्तामोडको लागि स्वतन्त्र व्यवसायिक प्यानलका सबै उम्मेदवार विजयी हुनुपर्छ ।

अग्रजहरुले धेरै दुख संघर्ष गरेर वाणिज्य क्षेत्रलाई यहाँसम्म ल्याएको स्मरण गर्दै पोखरेलले सबै मतदातालाई स्वतन्त्र व्यवसायिक प्यानललाई मत दिन आग्रह गरेका छन् । उनले वाणिज्य संघले गर्नुपर्ने कामहरु गर्न नसकेको बताएका छन् । बिर्तामोड बजार भद्रपुर र धुलावारीको अवस्थामा पुग्ने डर बढेको भन्दै उनले बजार बचाउन स्वतन्त्र प्यानललाई विजयी गराउनुपर्ने धारणा राखेका छन् । उनले वाणिज्य संघमा स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेवारहरु स्थापित हुने बताए ।

सम्बन्धित खबर