Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
व्यावसायीको हकहितका लागि स्वतन्त्र व्यावसायिक प्यानललाई निर्वाचित गराउँ : राजकुमार पोखरेल
आइतवार, फागुन ६, २०८०
बिर्तामोड । झापा बिर्तामोडका अग्रज व्यक्तित्व एवम् राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेलले व्यावसायीको हकहित र व्यवसायको स्थायित्वका लागि स्वतन्त्र व्यावसायिक प्यानललाई निर्वाचित गराउन आग्रह गरेका छन् । उनले परिवर्तनका लागि स्वतन्त्र प्यानल निर्वाचनको मैदानमा आएको बताए ।
फागुन १४ गते हुन गइरहेको बिर्तामोड वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यावसायिक प्यानलको जीत अनिवार्य भएको उनको भनाई छ । पाखरेलले प्यानलमा आवद्ध सबै उम्मेवारको जीत हुनुपर्ने बताए । प्यानलमा केहि मान्छे मात्रै जितियो भने संघ चलाउन फेरि समस्या आइपर्छ, उनले भने – बिर्तामोडको लागि स्वतन्त्र व्यवसायिक प्यानलका सबै उम्मेदवार विजयी हुनुपर्छ ।
अग्रजहरुले धेरै दुख संघर्ष गरेर वाणिज्य क्षेत्रलाई यहाँसम्म ल्याएको स्मरण गर्दै पोखरेलले सबै मतदातालाई स्वतन्त्र व्यवसायिक प्यानललाई मत दिन आग्रह गरेका छन् । उनले वाणिज्य संघले गर्नुपर्ने कामहरु गर्न नसकेको बताएका छन् । बिर्तामोड बजार भद्रपुर र धुलावारीको अवस्थामा पुग्ने डर बढेको भन्दै उनले बजार बचाउन स्वतन्त्र प्यानललाई विजयी गराउनुपर्ने धारणा राखेका छन् । उनले वाणिज्य संघमा स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेवारहरु स्थापित हुने बताए ।