Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : १९ पदका लागि ३९ जनाको मनोनयन दर्ता
सोमवार, फागुन ७, २०८०
बिर्तामोड, ०७ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालका लागि ३९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । १९ पदका लागि ३९ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।
वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक प्यानलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । अध्यक्षमा अर्जुन कुमार मैनाली र राजु न्यौपानेले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका लागि स्वतन्त्र व्यावसायिक प्यानलले नौमती बाजासहित बिर्तामोड परिक्रमा गरेर वाणिज्य संघको कार्यालय पुगेको थियो ।
भव्य र्याली सहित मनोनयनमा पुगेको स्वतन्त्र प्यानलले सबै व्यवसायीहरूको सहयोग प्राप्त हुने अपेक्षा गरेको छ । अध्यक्षका उम्मेदवार मैनालीले वाणिज्य संघलाई व्यवसायीहरूको साझा संस्था, कामयाबी संस्थाको रुपमा स्थापित गर्ने प्रतिक्रिया दिएका छन् ।