आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : १९ पदका लागि ३९ जनाको मनोनयन दर्ता

सोमवार, फागुन ७, २०८०

बिर्तामोड, ०७ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालका लागि ३९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । १९ पदका लागि ३९ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक प्यानलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । अध्यक्षमा अर्जुन कुमार मैनाली र राजु न्यौपानेले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका लागि स्वतन्त्र व्यावसायिक प्यानलले नौमती बाजासहित बिर्तामोड परिक्रमा गरेर वाणिज्य संघको कार्यालय पुगेको थियो ।

भव्य र्‍याली सहित मनोनयनमा पुगेको स्वतन्त्र प्यानलले सबै व्यवसायीहरूको सहयोग प्राप्त हुने अपेक्षा गरेको छ । अध्यक्षका उम्मेदवार मैनालीले वाणिज्य संघलाई व्यवसायीहरूको साझा संस्था, कामयाबी संस्थाको रुपमा स्थापित गर्ने प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खबर