आइतवार, वैशाख १६, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड खेलकूद महोत्सव : क्विज प्रतियोगिताको छनोट चरण चल्दै

मङ्गलवार, फागुन ८, २०८०

बिर्तामोड ०७ फागुन : बिर्तामोड नगर खेलकूद बिकास समितिको आयोजनामा स्पोर्टस् क्विज प्रतियोगिताको छनोट चरण सन्चालन भईरहेको छ ।
बिर्तामोड खेलकूद महोत्सव अन्तर्गतको क्विज प्रतियोगितामा हालसम्म १२ वटा विद्यालयबाट १६ जना विद्यार्थी छनोट भएका छन् ।

गत माघ २६ गतेदेखि सुरु भएको छनोट प्रक्रिया अझै १५ वटा विद्यालयमा बाँकी छ । फागुन १० गतेसम्ममा सम्पन्न गर्नेगरी काम अघि बढेको नगर खेलकूद विकास समितिका सदस्य, कार्यक्रम संयोजक वेद प्रकाश अग्रलाल (विशाल) ले जानकारी दिनुभयो ।छनोट प्रकृयाका कार्यक्रमहरु आशा गुरुङले सन्चालन गर्दै आउनु भएको छ ।

हालसम्म छनोट चरणका कार्यक्रम सन्चालन भएका विद्यालयहरु देवी माध्यमिक विद्यालय, तक्षशिला, न्युटन, कोहेड, देवकुल, वीर अमरसिंह मा. वि. निदि मावि ,एभरेस्ट स्मार्ट एकाडेमी, नवोदय फन्मिन बिर्ता मोडल, लिवर्टी र बाल्मिकि रहेका छन् । बाँकी विद्यालयमा छनोटका कार्यक्रम अगाडि बढाइने जनाईएको छ ।

सम्बन्धित खबर