शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन :व्यवसायीहरुको समन्वयका लागि जिल्ला संयोजक तोकियो

मङ्गलवार, फागुन ८, २०८०

बिर्तामोड, ८ फागुन : विभिन्न जिल्लाबाट आएर बिर्तामोडमा व्यवसाय गरिरहेका व्यवसायीहरुको समन्वयका लागि संयोजकहरु तोकिएको छ । बिर्तामोड बसेर व्यवसाय गरिरहेका व्यवसायीहरुको समन्वयका लागि चार जनालाई जिल्ला संयोजक तोकिएको हो ।

तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङबाट बिर्तामोड आएर व्यवसाय गर्नेहरुका लागि वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेद्वारलाई जिताउन आवश्यक सहजीकरण गर्न संयोजकहरु तोकिएको हो । तेह्रथुमका लागि दुर्गा शिवाकोटी, पाँचथरका लागि ओमभक्त सेडार्इं, इलामका लागि डम्बर बस्नेत र ताप्लेजुङका लागि कमलप्रसाद कडरियालाई संयोजकको जिम्मेवारी दिइएको बताइएको छ ।

फागुन १४ गते हुने निर्वाचनका लागि अन्तरजिल्लाबाट बिर्तामोडमा व्यवसाय गर्नेहरुलाई आवश्यक समन्वयका लागि संयोजकहरुले सहजीकरण गर्ने छन् । नेकपा एमाले झापाका सचिव शिव ढुङगेलको अध्यक्षतामा बसेको बैठकले निर्वाचनमा जिल्लागत समन्वयका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।

सम्बन्धित खबर