Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिराट अर्जुन सहकारीले आयोजना गरेको रक्तदानमा ७१ पिन्ट रगत संकलन
मङ्गलवार, फागुन ८, २०८०
बिर्तामोड, ०८ फागुन : बिराट अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोडको आयोजनामा आज (मंगलबार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल झापा शाखा, नेपाल हृदय रोग निवारण प्रतिष्ठान र व्लड डोनर्स सोसाइटी नेपालको सहयोगमा मुक्तिचोक दुर्गापरिसरमा रक्तदान कार्यक्रमको आयोजना गरीएको हो ।
कार्यक्रमको बिर्तामोड नगरपालिका ४का वडाअध्यक्ष राहुल शर्माले उद्घाटन गर्नु भयो । व्लडको आवश्यकता परेका बिरामीहरुको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रमको आयोजना गरीएको संस्थाका अध्यक्ष नविन खरेलले बताउनु भयो । उहाँले हरेक वर्ष बिराट अर्जुनले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गरिँदै आएको जानकारी दिनु भयो ।
कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाका अध्यक्ष सन्तोष अग्रवाल, उपाध्यक्ष शुभ कुमाई पाठक, चलचित्र पत्रकार संघ नेपाल झापा शाखाका अध्यक्ष रमेश तिवारी, सचिव एकराज प्रधान लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा केहिदिन अघि अमेरिकामा ज्यान गुमाएका अर्जुन प्रसाद मैनालीको चिरशान्तिको कामना गर्दै मौनधारणसमेत गरिएको थियो । कार्यक्रमका अतिथिहरुलाई सामाजिक अभियान्ता विष्णु आचार्यले विभिन्न ११ भाषामा अनुवादित स्व. मैनालीले लेखेको ‘विश्वरक्तदाता’ नामक पुस्तक मायाको चिनोकोरुपमा प्रदान गरिएको थियो ।