शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

व्यवसायीका नीतिगत समस्यामा आवाज उठाउँदै आएका राजकुमार घिमिरे राजु

बुधवार, फागुन ९, २०८०

बिर्तामोड, ९ फागुन ।  घिमिरे राजु, झापाको बिर्तामोड क्षेत्रका चिर परिचित व्यवसायी हुन् । व्यवसायीका नीतिगत समस्याका विषयमा निरन्तर आवाज उठाउँदै उनीहरूको हकहित र संरक्षणमा घिमिरेको भूमिका अग्रणी रहँदै आएको छ ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेर उनले व्यवसायिक हितका पक्षमा जुन वकालत गरे, त्यसैको परिणाम स्वरूप यसपटक व्यावसायिक प्यानलका तर्फबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने एउटा अवसर घिमिरेलाई प्राप्त भएको छ ‌।
नेतृत्व गर्छु भनेर मात्रै हुँदैन । त्यसका लागि व्यवसायिक सीप, क्षमता र आँट भरोसा पनि चाहिन्छ । यी सबै गुणले घिमिरेलाई साथ दिएको छ । उनी केवल निर्वाचनको प्रतीक्षामा छन् । आम व्यवसायी मतदाताको मन र मत जितेर बिर्तामोड उद्योग वाणिज्य सङ्घको व्यवस्थापकीय नेतृत्वमा आफूलाई स्थापित गर्ने चाहनासहित निर्वाचनमा होमिएका घिमिरे राज्यले व्यवसायीमाथि लगाइरहेका अनाधिकृत करको विरुद्धमा लाग्नुपर्ने बेला आएको बताउँछन् ।
घिमिरेको पहिलो एजेन्डा भनेकै राज्यले लगाएका करको समायोजन हो । व्यावसायिक क्षेत्रले सरकारी निकायलाई चिठी वा ज्ञापन बुझाएर मात्रै करको विषय समाधान नहुने घिमिरेको धारणा छ । उनी सार्वजनिक बहसका माध्यमबाट करका विषयहरू निरूपण गर्दै सरकारका निकायहरूलाई पारदर्शी र जवाफदेही बनाउन प्रयत्न गर्नुपर्छ भन्ने पक्षमा छन् ।
सरकारी निकायले समयमा सुसुचित नगर्ने तर करका विषयमा व्यवसायीमाथि ज्यादती गर्ने परम्परागत प्रवृत्तिविरुद्ध संघको नेतृत्वले आवाज उठाउनु पर्ने, अन्यायमा परेका व्यवसायीको संरक्षण गर्नुपर्ने, तिनका लागि कानुनी सहयोग र सहायता उपलब्ध गराउनु पर्ने लगायतका विषयमा घिमिरे प्रष्ट छन् ।
घिमिरेको अर्को एजेन्डा भनेको अनाधिकृत रुपमा चन्दा चिठ्ठा मागेर व्यवसायीलाई आतंकित बनाउने प्रवृत्ति विरुद्ध हो । स्वेच्छाले चन्दा दिनु स्वभाविक हुन्छ । तर, रकम तोकेर नदिए धाकधम्की दिने, व्यवसायमा अवरोध गर्ने लगायतका समस्याबाट बिर्तामोड क्षेत्र वरपरका व्यवसायी निरन्तर समस्यामा छन् । त्यसविरुद्ध बोल्ने आँट नभएसम्म व्यवसायी सधैँ पीडित हुनुपर्ने भएकाले त्यसका लागि संघलाई दरिलो बनाउन पनि आफ्नो खाँचो पर्ने घिमिरेको तर्क छ ।
घिमिरेको तेस्रो एजेन्डा भनेको दैवी प्रकोप घटनामा व्यवसायी पीडित भए राहत दैवी प्रकोप उत्थान राहत कोष खडा गरी त्यसमार्फत व्यवसायीलाई राहत उपलब्ध गराउने हो । तिनै तहका सरकारसँग दूरी बढ्नुमा वाणिज्य सङ्घको नेतृत्व जिम्मेवार हुने भएकाले यसमा सबैसँग समन्वय र सहजीकरण गर्न सक्ने व्यावसायिक क्षमता चाहिने घिमिरे बताउँछन् ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घमा कुमार भट्टराईको नेतृत्वमा रहेर उनले एक कार्यकाल सदस्यको भूमिका निर्वाह गरेका छन् । सदस्य पदमा सर्वाधिक मत पाएर जितेका घिमिरे त्यही बेलादेखि संघको नेतृत्वमा बिस्तारै स्थापित हुने मनस्थितिमा थिए ।
निर्वाह गरेको कार्यकुशलताका कारण प्रकाश सिवाकोटी नेतृत्वको कार्यसमितिमा उनलाई उपाध्यक्ष पदमा रहेर काम गर्ने अवसर जुरेको थियो । व्यावसायिक क्षेत्रमा आफ्नो भूमिकालाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगेका घिमिरे यसपटक वरिष्ठ उपाध्यक्षको नेतृत्व गर्ने सोचमा छन् । २५ वर्षदेखि बिर्तामोडमा बसेर व्यापार व्यवसाय गर्दै आएका घिमिरे विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा स्थापित भइसकेका छन् । नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय सदस्य उनी अरु थुप्रै सामाजिक संघसंस्थामा पनि आबद्ध छन् । पाँचथरको रविबाट झापा झरेर व्यवसायमा जमेका घिमिरे नव आगन्तुक युवा व्यवसायीका लागि प्रेरणाका स्रोत पनि हुन् । व्यवसायमा गरेको लगानी, मेहनत र परिश्रमले उनलाई एउटा अब्बल व्यवसायीका रुपमा स्थापित गरेको मात्र छैन, आम व्यवसायीको नेतृत्व गर्ने ठाउँमा पनि पुर्‍याएको छ ।
राज सप्लायर्सका सञ्चालक घिमिरे बिर्तामोड क्षेत्रका व्यवसायीले आफूलाई मत दिएर यसपटक पनि जिताउने आशा र अपेक्षामा छन् । स्वतन्त्र व्यावसायिक प्यानलका आशालाग्दा अनुहारलाई संघको नेतृत्वमा विजय गराउन आम व्यवसायीले भूमिका खेल्ने घिमिरेको अपेक्षा छ ।

सम्बन्धित खबर