Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
वीरता जेसीज २०२४ को अध्यक्षमा बस्नेत निर्वाचित
शुक्रवार, फागुन ११, २०८०
बिर्तामोड । वीरता जेसीज २०२४ को अध्यक्षमा विकास बस्नेत निर्वाचित भएका छन् । बिहीवार राती भएको निर्वाचनमा ८४ मत ल्याउँदै बस्नेत निर्वाचित भएका हुन् । अर्का अध्यक्षका उम्मेदवार टिकाराम खतिवडाले ४ मत प्राप्त गरेका छन् ।
यस्तै, कार्यकारी उपाध्यक्षमा एलसी श्रेष्ठ ७२ र अमरजित शाह ५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । प्रभात मास्के २७ मतका साथ पराजित भएका छन् । निर्वाचन समितिका अनुसार २ मत बदर भएको थियो ।
जनसम्पर्क अधिकारी राज मुखिया, तालिम संयोजक वाप्पा शाह, प्रकरण निर्देशक दिपेन धिमाल, संयुक्त सचिव प्रज्वल विमली , उपाध्यक्षहरु डिकबहादुर गहतराज ‘अभिषेक’, सुशिल थापा, विज्ञानराज पौडेल र सुवास तिखत्री निर्विरोध भएका थिए ।
माघ ९ र १० गते हुने भनिएको ४३ औं साधारणसभा तथा अधिवेशन १९ जना सदस्य विवादका कारण स्थगित भएको थियो । १९ सदस्यको सदर, मताधिकार लगायतको समस्याले विवाद भएपछि लामो समय नेतृत्व चयन प्रक्रिया रोकिएको थियो ।
अध्यक्षका मुख्य दावेदार मानिएका युवराज कुँवरलाई सन् २०२५ को अध्यक्ष बनाउने सहमति पछि उनी पछि हटेका थिए । तर, अध्यक्षमा कुँवर बाहेकका उम्मेदवारहरुबीच सहमति नजुटेपछि बस्नेत र खतिवडाको विचमा निर्वाचन भएको हो ।