Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बाणिज्य संघमा प्रबिधिमैत्री युवा ब्यवसायीलाई अगाडी बढाउन जोड दिइने : कृष्णप्रसाद बजगाई
शुक्रवार, फागुन ११, २०८०
बिर्तामोड । फागुन १४ गते हुने बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि कृष्ण प्रसाद बजगाईले खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका छन् । आम व्यवसायीमाथि परेको पीर मर्का साथै स्वास्थ्य ब्यवसायीका समस्या समाधान गर्ने उदेश्यले बजगाईले संघमा उम्मेद्वारी दिएका हुन् ।
अर्जुन कुमार मैनाली नेतृत्व स्वतन्त्र ब्यवसायिक प्यानलबाट खुल्ला सदस्यमा बजगाईले उम्मेद्वारी दिएका छन् । एकलौटी रुपमा संघमा नेतृत्व रहँदा नयाँ भिजन र ब्यवसायीको हकहित हुन नसकेको भन्दै उम्मेदवार बजगाईले नेतृत्व परिवर्तन गर्न आवश्यक महसुस गरेर आफुपनि उम्मेदवार बनेको बताएका छन् ।
बिगत ७ बर्षदेखि शान्ति बुद्ध मेडिकल सेन्टर प्रा.लि, शुभलक्ष्मी डायग्नोष्टिक सेन्टर प्रा.लि र केयर फार्मेसी सञ्चालन गर्दै आएका बजगाई स्वास्थ्य क्षेत्रसहित समग्र व्यवसायीको आवाज उठाउन उम्मेदवारी दिएको बताउँछन् ।
स्वतन्त्र व्यवसायी प्यानलका सवै उम्मेदवारलाई जिताए मात्र संघमा ब्यवसायीको हकहित हुने उनको भनाई छ । बजगाई बिर्तामोड लायन्स क्लबका सचिव, निरन्तर साकोसका सल्लाहकार समिति संयोजक, नेपाल जनस्वास्थ्य संघ कोशी प्रदेश कार्यसमिति सदस्य, निर्माणधिन नागरिक सहकारी अस्पताल बिर्तामोडका सञ्चालक समिति सदस्य, जनस्वास्थ्य संघका आजीवन सदस्य, नेपाल फर्मास्युटिकल एशोसिएशनका आजीवन सदस्य, नेपाल औषधि ब्यवसायी संघका ब्यवसायिक सदस्यसहित थुप्रै सामाजिक संघ,संस्थामा कुसल नेतृत्वदायि भुमिकामा रहेका छन् ।
बजगाईले संघमा आफुले जिते ब्यवसायीको गरिखाने बाटो स्थापित गराउँदै प्रबिधिमैत्रीसहित युवा ब्यवसायीलाई अगाडी बढाउन समन्वय र सहजीकरणको भुमिका खेल्ने बताएका छन् ।