Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
विधान विपरित वीरता जेसीजको साधारण सभा भएको खतिवडाको आरोप ( विज्ञप्ति सहित)
शुक्रवार, फागुन ११, २०८०
झापा । वीरता जेसीजको ४३ औं साधारण सभा विधान विपरित भएको भन्दै सन् २०२३ का कार्यकारीणी उपाध्यक्ष एवम् अध्यक्ष पदका उम्मेद्वार टिकाराम खतिवडाले आपत्ति जनाएका छन् ।
जेसीजमा शासन व्यक्तिको होइन विधिको हुन्छ भन्ने मान्यता भएपनि वीरता जेसीजले नियम विपरित साधारण सभा तथा अधिवेशन गराएको खतिवडाको आराोप छ । उनले विज्ञप्ति जारी गर्दै सन २०२३ का अध्यक्ष तथा नेपाल जेसीजका वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरीले केही व्यक्ति तथा राजनीतिक दलको दवावमा जेसीजको विधानलाई ध्वज्जी उडाउँदै एकलौटी ढंगले अधिवेशन गराएको खतिवडाको आरोप छ ।
जेसीजमा निर्वाचन हुने भएमा मतदाता नामावली ४८ घण्टा अगाडि नै प्रकाशन गर्नु पर्नेमा २ घण्टा अगाडि मतदाता नामावली प्रकाशन गरेर निर्वाचन समितिले समेत एकलौंटी ढंगले निर्वाचन गराएको उनको आरोप छ । उनले निर्वाचन कार्यक्रम स्थगित गरी सहमतिको आधारमा अगाडि बढाउन आग्रह गरेपनि आफ्नो माग सम्बोधन नगरी एकलौंटी ढंगबाट निर्वाचन प्रक्रिया अघि बढाएको साथै आफू उपस्थित नहुँदा समेत आफ्नो नाम मत पत्रमा छाापेर चरित्र हत्या गर्ने काम गरेको विज्ञप्ति मार्फत आरोप लगाएका छन् ।