आइतवार, वैशाख १६, २०८१
NayaPaper | अनलाइन पत्रिका

व्यावसायीले भोगेको समस्या समाधान गर्न आवश्यक : सुष्मा उप्रेती सुवेदी

शनिवार, फागुन १२, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा महिला सदस्य पदमा उम्मेदवार बनेकी सुष्मा उप्रेती सुवेदीले ब्यापारीका हकहितका लागि पर्ने बताएकी छिन् ।

अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायिक प्यानलबाट महिला सदस्यको बनेकी सुष्माले हाल व्यावसायीहरुले भोगेको समस्या समाधान गर्न आवश्यक रहेको बताएकी हुन् । विगत ८ बर्षदेखि भद्रकाली इन्पेक्स कस्मेटिक पसल सञ्चालन गर्दै आएकी सुष्माले बैंकको चर्को ब्याजदर, कर र आर्थिक मन्दीका कारण व्यवसाय धरासायी बनेको बताइन् ।

सामाजिक कार्यमा समेत सक्रिय सुष्माले समस्यामा परेका ब्यक्तिहरु सहयोगका लागि ब्लड डोनेशनको अभियानमा समेत भएको बताइन् । उनले धरासायी बन्दै गएका व्यवसायीका समस्या समाधान गर्न स्वतन्त्र व्यवसायी प्यानल निर्वाचित भए मात्र सम्भव भएकाले उक्त प्यानलका सवै उम्मेदवारलाई मतदान गर्न ब्यवसायीलाई आग्रह समेत गरेकी छिन् ।

सम्बन्धित खबर