मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

बिर्तामोड उद्योग वाणिज्य संघमा राजु न्यौपाने निर्वाचित ( मत परिणाम सहित)

बुधवार, फागुन १६, २०८०

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो । बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।

१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो । वरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलका राजकुमार घिमिरे राजु १८२६ मतसहित विजयी भएका छन् ।

त्यस्तै महासचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडा २११९ मत ल्याएर विजयी भएका छन् भने उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै विशाल थापा २१०३ मतसहित निर्वाचित भएका छन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा पनि लोकतान्त्रिक प्यानलकै जीवनकुमार खड्का १९२१ मतसहित विजयी भएका छन् । जनसम्पर्क उपाध्यक्षमा भने स्वतन्त्र प्यानलकी गोमा भट्टराईले १८६१ मतसहित जितेकी छन् ।

त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका पुकार बरालले १९९५ मतसहित जित्दा वाणिज्य सचिवमा पनि लोकतान्त्रिककै राजकुमार शाह १८५५ मतसहित निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा स्वतन्त्र प्यानलका युवराज निरौलाले १८८६ मतसहित जित्दा सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी तिलोतमा खत्री १८२७ मतसहित विजयी भएकी छन् ।

त्यस्तै सदस्यहरुमा लोकतान्त्रिकका अनन्तलाल महतो १७६३ , रमेश घिमिरे १८०१, दिनेश श्रेष्ठ १६७२, डिल्लीराम कोइराला १५६१ मतसहित विजयी हुँदा स्वतन्त्र प्यानलका तर्फबाट कृष्णप्रसाद बजगाई १६६८ , शत्रुधन गुप्ता १५३० र केदार खनाल१५४५ मतसहित विजयी भएका छन् ।

त्यस्तै महिला सदस्यमा लोकतान्त्रिककी सुशिलाकुमारी कार्की १७५७ र स्वतन्त्र प्यानलकी सुष्मा उप्रेती सुवेदी १६९५ मतसहित विजयी भएकी छन् । मतदानमा ४ हजार ९५ मत खसेको थियो ।

वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका थिए । एकातिर नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल थियो भने अर्कातिर नेकपा एमाले, राप्रपा, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल रहेको रहेको थियो ।

सम्बन्धित खबर