शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जित्यो

बिहिवार, फागुन १७, २०८०

शिवसताक्षी, १६ फागुन ।  झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेकोे छ । विर्तामोड नगरपालिकालाई ३– १ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि जितेको हो ।
खेलको पहिलो हाफमा कमल गाउँपालिकाका जर्सी नं. ९ का बाबुराम हस्ताले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा विर्तामोडका जर्सी नं. ७ का खेलाडी चुनु सोरेनले गोल गर्न सफल भए । त्यस्तै दोस्रो हाफमा कमलको बाबुरामले क्रमशः २ गो गरेपछि कमल विर्तामोड सँग २ गोल अन्तर बनाउँदै उपाधि हात पारेको हो ।

उपाधि हात पारेसँगै कमलले नगद ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको विर्तामोड नगरपालिकाले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रुपमा शिवसताक्षी सचिन श्रेष्ठ घोषित भए । उत्कृष्ट मिटफिल्डर विर्तामोड प्रभास थापा , उत्कृष्ट गोल रक्षक कमलका सागर यादव, सर्वोकृष्ट खेलाडी कमलका बाबुराम हस्ता र उत्कृष्ट डिफेन्डर कमलका विदुर लिम्बु घोषित भए । उनीहरुले जनही ५ हजार सहित ट्रफी प्राप्त गरे ।कार्यक्रममा प्रतियोगिताको सहजकार्ताको रुपमा रहेका रेफ्रीहरु ३ र २ स्वास्थ्य कर्मीलाई आयोजक नगरपालिकाले कदर पत्र प्रदान गरेको छ ।कार्यक्रममा विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाई, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिं राई र शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिवतसाक्षी नगरपालिका प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए ।

प्रतियोगिता फागुन ११ गते हुने फाइनल खेल गौरीगञ्ज गाउँपालिकालाई कमल गाउँपालिकाले मापदण्ड बाहिरका कर्मचारी खेलाएको भन्दै प्रोटेस्ट हालेको थियो । प्रोटेस्ट विवाद चुलिदा रोकिएको खेल आज भएको हो । प्रोटस्टमा गौरीगञ्ज बाहिरँदा कमल गाउँपालिकाले फाइनल खेलमा भाग लिन पाएको थियो । प्रतियोगिता फागुन ०४ गतेदेखि झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भएको थियो ।

सम्बन्धित खबर