Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापा गोल्ड कपको उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारी आउने
बिहिवार, फागुन १७, २०८०
बिर्तामोड, फागुन १७ । अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् ।
फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश र अस्मिताले आफ्नो चर्चित गीत प्रस्तुत गर्ने छन् ।
उनीहरुको युगल गीत लज्जावती झार, जून टिपी दिउँकी गीत चर्चित छन् । त्यस्तै, महेशका गीतहरु नाच फिरिरी, माया बिरानी तथा अस्मिताका काले केटाले, बाबरी रङ, टाढा भए पनि गीत लोकप्रिय छन् ।
दर्शकलाई फुटबलसँगै सांगीतिक मनोरञ्जन दिने उद्देश्यले आयोजकले कलाकारद्वयलाई रंगशालामा उतार्ने भएको हो । त्यस्तै, धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थीहरुले पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकको तालिका रहेको छ ।
झापा गोल्डकपको छैटौँ संस्करण पर्सि फागुन १९ गतेदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ एफसी र संकटा एफसीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ । फागुन २८ गते हुने फाइनल खेलको विजेताले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ ।