Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड खेलकूद महोत्सव : क्विज प्रतियोगिताको छनोट चरण सम्पन्न
बिहिवार, फागुन १७, २०८०
झापा । बिर्तामोड खेलकूद महोत्सव अन्तर्गत क्विज प्रतियोगिताका लागि अन्तिम चरणको छनोट प्रक्रिया सम्पन्न भएको छ ।
आज १२ वटाबाट ४ वटा विद्यालय अन्तिम चरणको लागि छनोट गरिएको प्रतियोगिताका सह-संयोजक विशाल अग्रवालले जानकारी दिनुभयो ।
छनोट भएका विद्यालयहरुमा कन्चनजंघा अंग्रेजी माध्यमिक विद्यालय, मोहनमाया माध्यमिक विद्यालय, सरस्वती एन्जल र फनमिन नवोदय रहेका छन् ।
वडा नम्बर ५का वडाअध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यतामा भएको छनोट कार्यक्रममा देवेन्द्र हुमागाई, प्रकाश लिङ्देन, वडा नम्बर ५का वडा खेलकूद समिति संयोजक रोजित गुरुङ, सचिब भुपेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगर खेलकूद बिकास समितिको आयोजनामा सन्चालन भईरहेको 'बिर्तामोड खेलकूद महोत्सव'अन्तर्गत क्विज प्रतियोगिताका लागि २० वटा विद्यालयबाट ३६ जना विद्यार्थी छनोट भएका छन् ।