बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिराटनगरमा हुने टी-२० प्रतियोगिताको लागि बिर्तामोडका ३ जना खेलाडी छनोट

आइतवार, फागुन २०, २०८०

बिर्तामोड, फागुन २० : बिराटनगरमा हुने कोशी प्रोभिन्स ट्रफी टी-२० प्रतियोगिताको लागि बिर्तामोडबाट ३ जना खेलाडी छनोट भएका छन् ।

कोशी प्रदेश क्रिकेट संघले झापाको भद्रपुरमा आयोजना गरिएको क्लोज क्याम्पबाट बिर्तामोडका समिर कार्की, विशाल आचार्य र दिपु भुजेल छनोटमा परेको बिर्तामोड नगर खेलकूद विकास समितिका सदस्य विशाल अग्रवालले जानकारी दिनुभयो ।आचार्य र भुजेल वैकल्पिकमा छनोट भएका हुन् ।

मोरङ क्रिकेट संघको आयोजनामा यहि फागुन चैत्र २२ गतेदेखि चैत्र ३ गतेसम्म विराटनगरमा राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

क्लोज क्याम्पमा १८ जना खेलाडी छनोट भएका छन् । जसमध्ये ४ जना वैकल्पिक रहेका छन् ।

 

सम्बन्धित खबर