सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोड नगर खेलकूद महोत्सवको छनोट चरण सम्पन्न, फागुन २३ गते फाइनल

सोमवार, फागुन २१, २०८०

झापा । बिर्तामोड नगर खेलकूद महोत्सवमा छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । नगर खेलकूद विकास समितिको आयोजनामा माघ २६ गते देखि सुरु भएको प्रतियोगिताको छनोट चरण सम्पन्न भएको हो ।
दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद हाजिरि जवाफ, पोस्टर डिजाइन प्रतियोगिताको छनोट चरण सकिएको महोत्सवका सह–संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो ।
विधागतरुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकूट हाजिरिजवाफमा ७ जना छनोट भएका छन् । यस्तै पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएको जनाइएको छ ।
प्रतियोगितामा विर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका हुन् । त्यसैगरी महोत्सव अन्तर्गत शिक्षकहरुको मैत्रिपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जसमा एमएटी स्कुल, एभरेष्ट स्कुल, विराट ज्योति स्कुल र न्युटन स्कुलको सहभागिता रहेको थियो । यसमा न्युटन विजेता र एमएटी उपविजेता बनेको छ ।

हाजिरि जवाफ प्रतियोगितामा ४ वटा स्कुल कञ्चनजंघा, मोहनमाया र सरस्वती एन्जल्स र नवोदय शिक्षा सदन अन्तिम चरण पुग्न सफल भएका छन् । सम्पुर्ण विद्याका प्रतियोगितामा ६ वटा स्कुल सर्वोत्कृष्ट भएका छन् । जसमा देवी मावि, नवोदय शिक्षा सदन, विराट ज्योति अंग्रजी मावि, न्युटन एजुकेशन एकाडेमी, निधि मावि र एसियन्ट एकामेडी रहेका छन् ।
पोस्टर मेकिङ तर्फ कक्षा २,३ र ४को विधाबाट एसियन्ट एकाडेमी, न्युटन्स एजुकेशन एकाडेमी, नवोदय शिक्षा सदन उत्कृष्ट भएका छन् । यस्तै ५,६ र ७ कक्षा तर्फ न्युटन्स, निधि र नवोदय उत्कृष्ट बनेका छन् । यसैगरी कक्षा ८,९ र १० को विधाबाट विराट ज्योति, लिर्वटी र नवोदय उत्कृष्ट बनेका छन् ।

यस्तै चित्रकला तर्फ कक्षा २,३ र ४ बाट नवोदय, एसियन्ट र एभरेष्ट उत्कृष्ट भएका छन् । कक्षा ५,६ र ७ बाट न्युटन्स, नवोदय र एसियन्ट उत्कृष्ट बने । यस्तै ८,९ र १० बाट नवोदय, निधि र न्युटन्स उत्कृष्ट बने ।

यसैगरि नगर खेलकूद विकास समितिले डिजिटल स्पोर्टस क्विजको समेत आयोजना गरेको थियो । यसको विजेताहरुमा अनिश श्रेष्ठ, पवन खरेल, सुनिता बुढाथोकी,संजोग वन, दौलत ढकाल, आयुश अधिकारी, निश्चल आचार्य, अस्विन प्रसाई,संयोग वन, निशान खत्री रहेका छन् । प्रतियोगिताको फाइनल फागुन २३ गते विर अमरसिंह माविमा हुने आयोजकले जनाएको छ ।

छनोट खेलहरु हाजिरि जवाफको न्युटन्स स्कुल, पोष्टर र ड्रोइङको नवोदयमा, वादविवाद र निवन्ध लेखनको निधिमा, रनिङको समुह चरण एभरेष्ट स्कुल र फाइनल महेन्द्र ज्योतिमा भएको थियो ।

 

सम्बन्धित खबर