Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
४ महिनामा ३ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
बिहिवार, मंसिर २९, २०७९
काठमाण्डाै । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स २० दशमलव ४ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको कात्तिकमा रेमिट्यान्स सात प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १० दशमलव ८ प्रतिशतले बढेर दुई अर्ब ९३ करोड पुगेको छ ।
यस्तै चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ सय २ दशमलव ५ प्रतिशतले वृद्धि भइ एक लाख ९५ हजार एक सय ९६ जना पुगेको छ । त्यसैगरि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४६ दशमलव ४ प्रतिशतले वृद्धि भइ ८७ हजार चार सय २८ जना पुगेको छ ।