बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

४ महिनामा ३ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

बिहिवार, मंसिर २९, २०७९

काठमाण्डाै ।  चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स २० दशमलव ४ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको कात्तिकमा रेमिट्यान्स सात प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १० दशमलव ८ प्रतिशतले बढेर दुई अर्ब ९३ करोड पुगेको छ ।

यस्तै चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति  लिने नेपालीको सङ्ख्या १ सय २ दशमलव ५ प्रतिशतले वृद्धि भइ एक लाख ९५ हजार एक सय ९६ जना पुगेको छ । त्यसैगरि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४६ दशमलव ४ प्रतिशतले वृद्धि भइ ८७ हजार चार सय २८ जना पुगेको छ ।

सम्बन्धित खबर