मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापा ११ एफसी झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश, मकवानपुर ५–१ गोल अन्तरले पराजित

बिहिवार, फागुन २४, २०८०

बिर्तामोड, २४ फागुन : आयोजकको टिम झापा ११ एफसी झापा गोल्ड कप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो ।

झापाको जितमा आदित्य शाक्य, प्रदिप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एकएक गोल गरे । मकवानपुरको लागि ओस्कारले सान्त्वना एक गोल फर्काएका हुन् ।

झापाले पहिलो हाफमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो । खेलमा अग्रता झापाले नै बनायो । खेलको २५औँ मिनेटमा आदित्यले पहिलो गोल गरेका हुन् । आशिष चापागाईंले निकालेको थ्रु बलमा आदित्यले चलाखीपूर्ण गोल गरे । मकवानपुरका गोलकिपर गोपी बर्तौलाले बचाउने प्रयास गरे पनि सफल भएनन् ।

६६औँ मिनेटमा विदेशी खेलाडी ह्यारिसनले आयोजकको लागि दोस्रो गोल गरे । दिपेश आले मगरले मध्यभागबाट मिलाएको एयर बललाई नियन्त्रण लिँदै ह्यारिसनले सुन्दर गोल गरेका हुन् । गोलकिपर गोपी अगाडि बढेर बचाउने प्रयास गरे पनि सफल भएनन् ।

मकवानपुरका ओस्कारले ६९औँ मिनेटमा एक गोल फर्काए । समिराज थोकरले दायाँ भागबाट मिलाएको बललाई बक्समा रहेका ओस्कारले वान टचमै गोल गर्न सफल भएका हुन् । उनले अग्रता छोट्याउने प्रयास गरे पनि झापा खेलमा हाबी भएको थियो ।

खेलको ८३औँ मिनेटमा प्रदिप बुढाथोकीले तेस्रो गोल गरे । उनी मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्न सफल भए । ह्यारिसनको स्थानमा मैदान प्रवेश गरेको पहिलो टचमै उनले गोल गरेका हुन् ।

खेलको इन्ज्युरी समयमा झापाले दुई गोल गर्यो। बबिन बोहराले चौथो गोल गरेका हुन् । बक्सभित्र पाएको अवसरलाई उनले सहजै जाली चुमाए । अर्कोगोल आशिषको नाममा रह्यो । आशिषले बक्सबाहिर पाएको बललाई अगाडि बढाउँदै सुन्दर गोल गरेका हुन् ।

यसअघि दुवै टोलीले गोलका निकै अवसर सिर्जना गरेका थिए । तर, फाइनल थर्डमा दुवै टोली चुके । खेलमा मकवानपुरभन्दा झापा बलियो देखियो ।

खेलको १८औँ मिनेटमा झापा सुन्दर गोल गर्नबाट चुक्यो । अगाडि बढाउँदै दुई रक्षक र गोलकिपर बिट गरेका ह्यारिसन अन्तिममा भने चुके । उनले खाली पोस्टमा प्रहार गरे पनि कप्तान सुरज विष्ट गोललाइनबाट क्लियर गर्न सफल भएका थिए ।

४४औँ मिनेटमा आदित्यको शक्तिशाली प्रहार गोलकिपर गोपीले पञ्च आउट गरे । ४८औँ मिनेटमा ह्यारिसनकै प्रहार गोपीले बचाउ गरे । खेलको ७३औँ मिनेटमा आशिष चापागाईंले बक्सभित्रबाट हानेको प्रहार बारमा लागेर फर्कियो ।

खेलको ६२औँ मिनेटमा मकवानपुरले अवसर बनाएपछि बक्सबाहिरबाट कप्तान सुरजले हानेको फ्रिकिक प्रहार सटिक रहेन ।

यो खेलसँगै सेमिफाइनल समीरकण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा एपिएफ र आर्मी शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा भिड्नेछन् ।

यसअघि पाँच संस्करण आयोजना हुँदा आर्मीले चारपटक उपाधि जितिसकेको छ । मनाङ मस्र्याङ्दी क्लब एकपटकको विजेता हो ।
आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका पहिलो गोलकर्ता आदित्य शाक्य भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।
खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता टिम झापाका प्रशिक्षक अंगुुरकुमार खड्गीले घरेलु दर्शको समर्थनले जित निकाल्न सकिएको बताए । फाइनल जित्नेगरी तयारी गरिएको उनको दाबी छ ।
पराजित टिमका प्रशिक्षक अशोक बरालले तयारी पूर्णरुपमा गर्न नसकेको हुनाले जित निकाल्न नसकेको बताए । टिमका महत्वपूर्ण तीनजना खेलाडीको अभावका कारण पनि मैदानमा सेट हुन गाह्रो भएको बताए ।
प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ । फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।

सम्बन्धित खबर