शनिवार, वैशाख १५, २०८१
NayaPaper | अनलाइन पत्रिका

९० वर्षिय नरमाया विश्वकर्माको शव मलखाडीमा पुरिएको अवस्थामा फेला

बुधवार, फागुन ३०, २०८०

बिर्तामोड, ३० फागुन : झापाको गौरादह नगरपालिका ७ योगिटारकी ९० वर्षिय नरमाया विश्वकर्माको घर पछाडी मलखाडीमा पुरिएको अवस्थामा शव फेला परेको छ ।
नरमाया फागुन २५ गतेदेखि सम्पर्क विहिन रहेकी थिइन् ।

उनको हत्याको आशंकामा मृतकको नाती धिरज विश्वकर्मा र उसका साथीहरु टंक दर्नाल,राजु मल्लिक र बहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक महिलाले लगाएको सुनको गहना र बृद्धभत्ता हात पार्नको लागि साथीहरुसंग मिलेर हजुरआमाको हत्या नातीले गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विश्वकर्माको शवलाइ पोष्टमार्टमको लागि दमक स्थित आम्दा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर