बुधवार, कार्तिक २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kumarhane atmosferini yaşamak isteyenler Bahsegel ile keyif buluyor.

Türkiye’deki oyuncular arasında popülerliğini artıran Bettilt giriş güvenilir yapısıyla öne çıkıyor.

Tenis turnuvalarına bahis oynamak isteyenler Bettilt giriş bağlantısına tıklıyor.

Online eğlencede güven arayan kullanıcılar için bahsegel ideal platformdur.

Cep telefonlarından kolay erişim için paribahis oldukça tercih ediliyor.

Adres doğrulaması yapmak için bahsegel kullanmak şart.

Hızlı erişim sağlayan bahsegel uygulaması büyük kolaylık sunuyor.

İnternette eğlenceyi sevenler için paribahis güncel adres sistemleri cazip fırsatlar sunuyor.

Canlı maçlara yüksek oranlarla bahis yapmak için casino bölümü aktif kullanılıyor.

Her an erişim sağlamak için paribahis uygulaması öne çıkıyor.

Kampanya severler için hazırlanan paribahis seçenekleri cazip hale geliyor.

बिर्तामोडमा अलैँची ‘ग्रेडिङ मेसिन’को परीक्षण

बुधवार, फागुन ३०, २०८०

बिर्तामोड, ३० फागुन : झापाको बिर्तामोडमा अलैँची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमा निर्माण गरिएको उक्त मेसिनको अलैँची व्यवसायी महासङ्घ कार्यालय परिसरमा आज परीक्षण गरिएको हो ।

स्वीस सरकारद्वार सञ्चालित सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिकास्थित कामक्ष एग्रो इञ्जिनियरिङले उक्त मेसिन निर्माण गरेको जनाइएको छ । एग्रोका सञ्चालक कृष्णप्रसाद अधिकारीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोग गरेर मेसिन निर्माण गरिएको बताउनुभयो ।

मेसिन परीक्षणका क्रममा रहेकाले अझै परिमार्जित गरिने उहाँले बताउनुभयो । “स्थानीय सामानको प्रयोग गरेर मेसिन बनाएका हौँ”, उहाँले भन्नुभयो, “एउटा मेसिनको अधिकतम् मूल्य रू ५० हजार पर्दछ ।”

उत्पादनलाई प्रविधिसँग जोड्नका लागि मेसिन निर्माणमा सहयोग गरिएको सहज कार्यक्रमका प्रतिक देवकोटाले बताउनुभयो । “हामीले किसान र व्यवसायी दुवैलाई लक्षित गरेर सस्तोमा मेसिन बनाउने काम गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले लागत घटाउनुका साथै काम गर्न सहज हुने विश्वास छ ।”

मेसिनको परीक्षण सफल भएपछि कम लागतमा अलैँची ग्रेडिङको काम हुने अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो । “अहिले हाते जालीबाट अलैँची ग्रेडिङको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “मेसिनले लागत र समय बचत हुने विश्वास छ ।”

केही व्यवसायीले भारतबाट मेसिन खरिद गरेर ग्रेडिङ गरिरहेका भट्टराईले बताउनुभयो । “भारतबाट ल्याइने मेसिन महँगो पर्दछ । एउटाको करिब रू १० लाख पर्छ”, उहाँले भन्नुभयो, “अहिले परीक्षण गरिएको मेसिन रू ५० हजारमा पाइने भनिएको छ । यसले किसान र व्यवसायलाई सहज हुनेछ ।”

मेसिनबाट तीन प्रकारका अलैँची ग्रेडिङ हुन्छ । जम्बो जेट (जेजे), सुपर डिलक्स र चलनचल्तीको गरी तीन आकारका अलैँचीको दाना ग्रेडिङ हुने जनाइएको छ ।

 

सम्बन्धित खबर