Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
विराटनगरमा स्टाफ नर्सको हत्या
शुक्रवार, चैत २, २०८०
विराटनगर, २ चैत्र : मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।
हत्या हुनेमा सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेको प्रहरीले जनाएको छ ।
उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताउनु भयो ।