मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

भद्रपुरका साँवा दम्पतीलाई राष्ट्रिय युवा संघ नेपालद्वारा घर हस्तान्तरण

शनिवार, चैत ३, २०८०

बिर्तामोड, ३ चैत : राष्ट्रिय युवा संघ नेपाल भद्रपुरले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–५ गौरीशंकर टोलमा निर्माण सम्पन्न गरिएको घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

दयनीय अवस्थामा जीवन बिताइरहेका वृद्धवृद्धा रणबहादुर साँवा र राजकुमारी साँवालाई राष्ट्रिय युवा संघले घर निर्माण गरेर आजबाट बस्न मिल्ने गरी हस्तान्तरण गरेको हो । अत्यन्तै कष्टकर जीवन विताईरहेको परिवारलाई राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीका अध्यक्ष दिपक बुढाथोकीको अगुवामा घर निर्माण गरेर हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले रिवन काटेर घर प्रवेश गराउँदै हस्तान्तरण गरेका हुन् ।

दुई वटा कोठा, शौचालय, खानेपानी र विद्युतको व्यवस्थापन गरेर घर हस्तान्तरण गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले विभिन्न दाताहरुको साथ सहयोगबाट घर निर्माण सम्पन्न भएको बताए । आर्थिक तथा सामग्रीहरुको सहयोग पायौं, बुढाथोकीले भने – ‘अगुवाई गर्दा सहयोग पाइने भएपछि साँवा दम्पत्तिको जमिनमा बस्न सकिने गरी घर निर्माण गरेर हस्तान्तरण गरेका हौं । संघले गरिव असहाय तथा विपन्न परिवारको लागि सहयोग गर्दै आएको छ ।’

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघका केन्द्रीय सचिव भण्डारीले सबैको दुखमा युवा संघ हाजिर हुने बताएका छन् । उनले आवास हस्तान्तरण गर्दै आगामी दिनहरुमा पनि यस प्रकारका सामाजिक काम गर्दै अघि बढ्न सूझाव दिएका छन् । समाज रुपमान्तरणमा राष्ट्रिय युवा संघको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले साँवा दम्पत्तिको सपनाको घर निर्माण गर्न सफल भएकोमा सहयोगी सबैलाई धन्यवाद समेत दिएका छन् ।

जाडोमा चिसो नछेकिने र वर्खायममा पानी नछेक्ने घरमा बसेको देखेर युवा संघले सुरक्षित आवास निर्माण गरेको उनको भनाई छ । सामाजिक रुपमा दुखमा परेका परिवार, वृद्धवृद्धाहरुको दुखमा युवा संघ सधैंव उपस्थित हुने भण्डारीले प्रतिवद्धता जनाएका छन् ।

आवास हस्तान्तरणमा नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य बसन्त बाँनिया, जिल्लाका उपसचिव असारु राजवंशी, भद्रपुरका अध्यक्ष ब्रम्हलाल ढुङगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहयोग रकम र सामग्रीहरुको समेत सार्वजनिक गरिएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य छवि चुडाल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज राज लिम्बू, जिल्ला संयोजक फूर्वा लामा, पार्टीका नेताहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर