आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

दुर्गा प्रसाईंका बडिगार्ड हतियारसहित पक्राउ

सोमवार, चैत ५, २०८०

काठमाडौँ, ५ चैत : व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ परेका छन् । सोमबार सर्वोच्च अदालत परिसरभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रसाईंका बडिगार्ड बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्‌का पक्राउ परेका हुन् ।

अदालतमा भइरहेको प्रसाईंसँग सम्बन्धित मुद्दाको सुनुवाईमा बन्दुग नै लिएर अदालत प्रवेश गरेपछि खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खड्का दुर्गा प्रसाईंको बडिगार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । पक्राउ परेका खड्काको साथबाट प्रहरीले एक थान बन्दुग पनि बरामद गरेको छ ।

सम्बन्धित खबर