मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

जाडो छल्ल नेपाल आएका चरा स्वदेश फर्किए

बिहिवार, चैत ८, २०८०

बेलबारी (मोरङ), ८ चैत : विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रसिया, साइबेरियालगायत मुलुकबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा स्वदेश फर्किएका छन् । चैत सुरुदेखि पर्यटक चरा स्वदेश फर्किने गर्दछन् ।

असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहने जनाउँदै चैत लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्मस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ ।

करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातर्फ जाने गौतमले बताउनुभयो । उहाँका अनुसार यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा प्रायः रहने गर्दछन् ।

जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइलगायत प्रजाति पर्ने चरा विद्हरु बताउँछन् ।

अघिल्लो वर्षभन्दा यस वर्ष कोशीटप्पु आरक्ष क्षेत्रमा चराको सङ्ख्यामा कमी आएको कोशी संरक्षण केन्द्रका प्रमुख गौतमले बताउनुभयो । उहाँका अनुसार ‘मिड–विन्टर वाटर वर्ड सेन्सस–२०२४’ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ५३ प्रजातिका पाँच हजार पाँच सय २७ सङ्ख्यामा चरा फेला परेका छन् । गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चराको तथ्याङ्क रहेको उहाँको भनाइ छ ।

बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो ।

गत पुस २५ देखि २९ गतेसम्म भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिएको थियो । गौतमका अनुसार कोशीमा सबैभन्दा धेरै आठ सय ४८ को सङ्ख्यामा सिलसिले हाँस फेला परेका छन् ।

उच्च सङ्ख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरङ्ग एक सय ८७ रहेका उहाँले जानकारी दिनुभयो । कोशीटप्पु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको उहाँले बताउनुभयो ।

चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका वाडेन रमेशकुमार यादवले बताउनुभयो । चरा उड्ने ठाउँमा बिजुलीको हाइटेन्सन लाइनको अवरोध गर्दा पनि आगन्तुक चरा घट्ने क्रममा रहेको उहाँको भनाइ छ । “हाइटेन्सन लाइनमा इन्सुलेट गर्नुपर्ने हुन्छ । वनमा चराले आहारा पाउन छाड्दै गए, साथै वनमा लाग्ने डढेलोले चरालाई प्रत्यक्ष असर पुर्याएको छ”, वाडेन यादवले भन्नुभयो ।

पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले सङ्ख्या घटेको हुनसक्ने कोशी पन्छी समाजका अध्यक्ष चक्र तिम्सिनाले बताउनुभयो । “मानव बस्ती र मानवीय व्यवहार, पूर्वाधार निर्माण, जलवायु परिवर्तनको असर, वनमा लाग्ने आगोलगायत कारणले पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ”, उहाँले भन्नुभयो ।

पन्छी समाजका अध्यक्ष तिम्सिनाका अनुसार दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कने उहाँले जानकारी दिनुभयो ।

“यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छन् । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ”, पन्छी समाजका अध्यक्ष तिम्सिनाले भन्नुभयो ।

उहाँका अनुसार नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउकेलगायत हुन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमि हुन् ।

सम्बन्धित खबर