बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

तरकारी खेतीमा सफल शिवसताक्षीका पौडेल दम्पत्ति

बिहिवार, चैत ८, २०८०

सरोज भट्टराई

शिवसताक्षी, ८ फागुन : झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का पौडेल दम्पत्तीले तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका छन् । शिवसताक्षी ७ सिमलचौक निवासी डिल्लीप्रसाद पौडेल र उनी श्रीमती मीना पौडलले आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका हुन् ।

पौडेलले १६ कठ्ठा क्षेत्रफलमा प्याप्सिकन, बन्दाकोपी, खर्बुजा बैगुन लगायतका तरकारीहरु लगाएका छन् । उनीहरु विहानदेखि नै तरकारीको रेखदेखमा गोडमेल मै व्यस्त देखिन्छन् ।

पौडेल दम्पती दुई दशकदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेका छन् । पछिल्लो समय उनीहरुले प्याप्सिकन पनि लगाएका छन् । अन्य प्रजातिका तरकारी भन्दा प्याप्सिकन तरकारीले भाउ पाउने भए पछि यस वर्षदेखि प्याप्सिकन लगाएको डिल्लीप्रसाद पौडेलले बताए ।

उनको बारीमा हाल बन्दाकोपी, खोर्सानी, बैगुन, खर्बुजा लगायतका तरकारीहरु भेटिन्छन् । जसमा बन्दा र प्याप्सिकनले आम्दानी दिन सुरु गरेको छ । उनले १० कठ्ठामा प्याप्सिकन, ३ कठ्ठामा खर्बुजा र १ कठ्ठामा बैगुन लगाएका छन् । उनको बगानमा अंगुर, स्याउ, ड्रागन फुट्स र तेलका लागि सूर्यमुखी समेत लगाइएको छ ।

शिवसताक्षी नगरपालिकाले कृषिमा अनुदान दिन थाले पछि तरकारी खेतीमा गर्न केही सहज हुन थालेको स्वयम डिल्लाप्रसाद पौडेल बताउँछन् । उनका अनुसार प्याप्सिकन बन्दा र करेलाको तुलनामा दोब्बरभन्दा पनि माथि आम्दानी देखिएको छ । उनी भन्छन्, १० कठ्ठा क्षेत्रफलमा लगाइएको प्याप्सिकनबाट खर्च कटाएर ६ लाख आम्दानी हुनेछ । तरकारी खेतीमा बजारको समस्या नभई उत्पादन मै समस्या रहेको उनको भनाई छ । पौडेलले उत्पादन गरेको तरकारी शिवसताक्षीका व्यापारीले घरमै आएर लैजाने गरेका छन् । पौडेलले भने, यहाँ भन्दा दमक र विर्तामोड पुर्याउन सके अझ बढी आम्दानी हुने गरेको छ ।

प्याप्सिकन सिजन सकिएपछि बैशाख तिर खर्बुजा पनि बिक्रीका लागि तयार हुन्छ । उनका अनुसार अहिलेको सिजनमा तरकारी खेतीमा १ लाख २० हजार खर्च भएको छ । कृषि पेशामा मेहेनत गर्न सके युवाहरु विदेश जानु नपर्ने उनको भनाई छ ।

शिवसताक्षी नगरपालिकाबाट तरकारी खेतीका लागि मल, विउविजन, मल्चिन सहयोग रहेको छ । शिवसताक्षीका कृषि शाखा प्रमुख रविन भट्टराईले प्याप्सिकन खेतबाट राम्रो आम्दानी हुने सुझाब दिएपछि प्याप्सिकन खेती सुरु गरिएको उनको भनाई छ ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले कृषिमा नगरपालिकाले गरेको लगानीको प्रतिफल राम्रो देखिएको बताइन् । उनले शिवसताक्षीका कृषकहरुले तरकारी खेती, तोरी खेती, कालो नुनिया धान खेती, युवा लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाले दिएको अनुदानबाट मौरीपालन गरेर कृषकहरुले मन्यग्गे आम्दानी गरेको अनुगमन क्रमममा भेटिएको जानकारी दिइन् । उनले भनिन्, हामी समय समयमा नगरक्षेत्र भित्रका कृषकहरुको बारीमा जान्छौ । कृषि उत्पादनका लागि, मल, विउ र बजारीकरणका समस्याहरुका बारेमा छलफल गरेर कृषकहरुबाट सुझाब समेत लिने गरेका छौं ।

शिवसताक्षी नगरपालिकाका कृषकलाई तरकारी खेतीका लागि मल, विउ र मल्चिन २ वटा कृषक फर्मलाई तरकारी खेतीका लागि अनुदान उपलक्ध गराइएको कृषि शाखा प्रमुख रविन भट्टराई जानकारी दिए । उनले ७ वटा कृषि फर्मलाई मह उत्पादन र २ ओटा कृषि फर्मलाई तरकारी खेतीका लागि अनुदान दिइएको बताए ।

त्यस्तै नगरपालिकाले कालो नुनिया धान रोप्ने कृषकलाई प्रति कठ्ठा ५०० सयका दरले ४७ जना कृषकलाई प्रत्साहन रकम उपलब्ध गराइएको छ । तोरी खेतीका लागि पनि १० ओटा कृषक समूहलाई प्रति समूह १ लाखका दरले अनुदान रकम उपलब्ध गराइएको प्रमुख भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नगरपालिकाले किसानलाई बेमौसमी खेतीका लागि टनेल समेत वितरण गर्दै आएको छ ।

कनकाई नहरबाट सिचाई हुने भएकाले शिवसताक्षी नगरपालिकाका दक्षिण क्षेत्रहरु तरकारी खेतीका लागि उपयुक्त मानिएको छ । शिवसताक्षीका ४, ५ ६ र ७ नम्बर वडाहरुका अधिकांश मानिसहरुले तरकारी खेती गर्ने गरेका छन् ।

सम्बन्धित खबर