Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
अवैध रुपमा नेपाल प्रवेश गर्ने एक नाइजेरियन नागरिकसहित दुईजना पक्राउ
बिहिवार, चैत ८, २०८०
झापा, ०८ चैत : सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले बिहीबार बिहान पौने ९ बजे पैदल गस्ती क्रममा नाइजेरियन नागरिक ३२ वर्षीय अनेकोर सिमोन ओगेचुकु र भारतीय नागरिक ३० वर्षीय सनम राईलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्काको नेतृत्वमा खटिएका टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका– १ डिल्लीगौडा भन्ने ठाउँबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ ।
भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला मणिग्राम पञ्चायत मारा पुल बस्ने राईले नाइजेरियन नागरिक ओगेचुकुलाई डब्लुबी ७४०७५८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध बाटो भएर नेपाल प्रवेश गराउन खोजेका थिए ।
नाइजेरियन नागरिक ओगेचुकुबाट ४ हजार ५ सय भारतीय रुपैयाँ,दुई थान मोबाइल,एक थान एनआइसी एसिया,एक थान नाइजेरियन पासपोर्ट, भिसा र भारतीय नागरिक राईको साथबाट एक थान मोबाइल, भारतीय एटिएम, भारतीय रुपैयाँ १४ हजार ४२० फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
नाइजेरियन नागरिक ओगेचुकु भारतीय भिसामा २०२२ सेप्टेम्बर २५ तारिख नयाँ दिल्ली आएको रहेछ । उनको भिसा २०२३ सेप्टेम्बर २३ तारिखसम्म मात्र रहेको पाइएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाइएको छ ।