Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने कांग्रेस नेताहरुकाे दाबी
शनिवार, पौष २, २०७९
काठमाण्डाै । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसहित नेताहरु विमलेन्द्र निधी, दीपक खड्कालगायतले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने बताएका छन् ।
आज पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सांसदहरुको भेलामा सहभागी कांग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरेको तर सरकारको नेतृत्व कांग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिनुभएको छ । एक्लै वहुमत नभएको अवस्थामा अरु दलको सहयोग लिएर कांग्रेसले सरकार बनाउने उहाँको भनाई छ । अर्का नेता विमलेन्द्र निधी र दीपक खड्काले पनि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको बताउनुभएको छ ।
यसअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले शक्ति बाँडफाटका विषयमा छलफल गर्न चाहेको तर देउवाले कांग्रेस संसदीय दलको नेता चयन हुने बेलासम्म पर्खिन आग्रह गर्नुभएको कांग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेसले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ । बैठकमा संसदीय दलको नेता चयन र नयाँ सरकारका विषयमा छलफल हुनेछ । कांग्रेसमा सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापालगायतले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् ।