Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
दमकमा कभर्डहल निर्माण
शुक्रवार, चैत ९, २०८०
दमक (झापा), ९ चैत : झापामा ब्याडमिन्टन खेलाडीको पहलमा कभर्डहल निर्माण गरिएको छ । दमक नगरपालिका–७ नमुना बस्तीमा कभर्डहल निर्माण गरिएको हो ।
कभर्डहलको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गर्नुभयो । कभर्डहल निर्माणका लागि दमक–७ को वडा कार्यालयले १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएको हो । सोही जग्गामा दमक नगरपालिका, कोशी प्रदेश सरकार र सङ्घीय सरकारले उपलब्ध गराएको रु एक करोड ५० लाखमा कभर्डहल निर्माण गरिएको दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो ।
कभर्डहलमा ब्याडमिन्टनका चार कोर्टसहित खेलाडीको सुविधाका लागि अन्य संरचनासमेत निर्माण गरिएको छ । विसं २०७८ माघ ३ गते सो कभर्डहलको शिलान्यास गरिएको थियो । कभर्डहल निर्माण गर्न ब्याडमिन्टन खेलाडी टङ्क बस्नेतको अध्यक्षतामा निर्माण समिति गठन गरिएको थियो ।
यसैगरी दमक–९ स्थित शान्तिचोकमा कभर्डहलको पुनःनिर्माण कार्यले तीव्रता पाएको छ । कभर्डहल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत सरकारले चालु आर्थिक वर्षमा रु ८५ लाख ४६ हजार विनियोजन गरेको थियो ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष केन्द्रबहादुर प्रसार्इंका अनुसार एक दशकदेखि निर्माण थालिएको सो कभर्डहल बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको थिएन । कभर्डहलको लागत रु १४ करोड रहेको छ । हालसम्म रु तीन करोड बराबरको संरचना तयार भएको उहाँले बताउनुभयो । सो कभर्डहल निर्माणका लागि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।